छ महिनाको लागि वी पश्चिम बङ्गालमा ४जी डाउनलोड गतिको शीर्ष स्थानमा छ

टेलीकम रेगुलेटरी अथरिटी अफ् इण्डिया- टीआरएआई द्वारा जारी गरिएको पछिल्लो तथ्याङ्क अनुसार, डिसेम्बर २०२१ देखी मेई २०२२ बीचको छ महिनाको अवधिमा पश्चिम बङ्गालमा ४जी प्रदायकहरू बीच वी ले उच्चतम औसत डाटा डाउनलोड गति २४.३ मेगाबिट प्रति सेकेन्ड प्रदान गरेर शीर्ष स्थानमा उभिएको छ।

वी ले सोही अवधिमा पश्चिम बङ्गालमा ८.५ मेगाबिट प्रति सेकेन्डको उच्चतम अपलोड गति पनि रेकर्ड गर्‍यो। डाउनलोड गतिले उपभोक्ताहरूलाई इन्टरनेटबाट कण्टेण्ट सम्म पहुँच गर्न मद्दत गर्दछ, जबकि अपलोड गतिले उनीहरूलाई आफ्ना सम्पर्कहरूसँग डाटा पठाउन वा तस्बिर वा भिडियोहरू साझेदारी गर्न मद्दत गर्दछ। औसत गति टीआरएआई ले आफ्नो माईस्पीड ​​एप्लिकेसनको सहयोगमा रियल-टाइम आधारमा भारतभरि सङ्कलन गरेको डाटामा आधारित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *