वोडाफोन आइडिया लिमिटेडको उद्यम शाखा वी बिजिनेसले वेस्ट बेङ्गल स्टेट एक्सपोर्ट प्रोमोशन सोसाइटी (डब्ल्यूबीएसईपीएस) सित मेमोरेण्डम अव् अण्डर्स्टाण्डिङ (एमओयू) मा हस्ताक्षर गरेको छ। यस सहकार्यको उद्देश्य राज्यभरि सूक्ष्म, साना र मझौला उद्यमहरू (एमएसएमई) को डिजिटल रूपान्तरणलाई तीव्र बनाउनु हो। यस साझेदारीअन्तर्गत वी बिजिनेसले आफ्नो रेडीफरनेक्स्ट डिजिटल मूल्याङ्कन उपकरण, शैक्षिक सामग्री र तालिम कार्यक्रमहरू उपलब्ध गराउनेछ जसले एमएसएमईहरूलाई प्रविधि चालित अर्थतन्त्रमा सफल हुन आवश्यक डिजिटल क्षमता प्रदान गर्नेछ।
सन् 2022 मा आरम्भ गरिएको रेडीफरनेक्स्ट कार्यक्रमले हालसम्म भारतभर 1.9 लाखभन्दा बढ़ी एमएसएमईहरूलाई आफ्नो डिजिटल परिपक्वता मूल्याङ्कन गर्न सहयोग गरिसकेको छ। वी बिजिनेसले स्थानीय भाषामा शैक्षिक सामग्री उपलब्ध गराउने, तालिम सत्रहरू सञ्चालन गर्ने र वेबिनारहरूमा सहभागी हुने योजना बनाएको छ जसले एमएसएमईहरूलाई अत्याधुनिक प्रविधि समाधानहरू सहज रूपमा उपलब्ध गराउनेछ।
यस साझेदारीले स्थानीय व्यवसायहरूलाई नयाँ बजारहरूमा पहुँच विस्तार गर्न र स्वदेशी तथा अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो स्थिति बलियो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यस पहलको प्रभावलाई उजागर गर्दै वी बिजिनेसका एक्जिक्युटिभ भाइस प्रेसिडेण्ट राजीव मेहताले भने, “डिजिटल विभाजनमा सेतु बनाएर एमएसएमईहरूलाई आफ्नो पहुँच विस्तार गर्न र व्यावसायिक वृद्धि तीव्र बनाउन सक्षम बनाउने हाम्रो लक्ष्य हो।”