अन्तर्राष्ट्रिय यात्रीहरूका लागि 24 घण्टाभित्र फरेक्स मार्कअप कार्ड उपलब्ध गराउन भीद्वारा नियोसित साझेदारी

अग्रणी दूरसञ्चार सेवा प्रदायक वी-ले ट्र्याभल ब्याङ्किङ फिनटेक नियोसित साझेदारी गरेको घोषणा गरेको छ अनि यस साझेदारीअन्तर्गत विदेश यात्रा गर्ने ग्राहकहरूलाई यस बिदा सिजनमा जिरो मार्कअप फरेक्स कार्ड उपलब्ध गराइनेछ। भारतमा कुनै पनि टेलिकम कम्पनीद्वारा गरिएको यो पहिलो यस्तो साझेदारी हो जसअन्तर्गत बिदा, व्यवसाय वा उच्च शिक्षाका लागि विदेश जाने ग्राहकहरूले 24 घण्टाभित्रै आफ्नो घरमा नियो जिरो फरेक्स मार्कअप कार्ड प्राप्त गर्न सक्ने वीले जनाएको छ।
यस नयाँ साझेदारीले वी-को ट्र्याभल पोर्टफोलियोलाई अझ सुदृढ़ बनाएको छ। वी-को वर्तमान पोर्टफोलियामा ट्रुली अनलिमिटेड अन्तर्राष्ट्रिय रोमिङ प्याक (आईआर), परिवारका लागि छुटसहितको आईआर प्याक, लाउञ्ज पहुँच, यात्रा बीमा तथा सामग्री सुरक्षा सेवा समावेश छन्। ग्राहकहरूले वी एपमार्फत नियो फरेक्स कार्डका लागि अनुरोध गर्न सक्नेछन्। त्यसपछि नियोका एक्जिक्युटिभले केवाईसी प्रमाणीकरण, कार्ड सेटअप तथा परीक्षण ट्राञ्ज्याक्शन सम्पन्न गरिदिनेछ। प्रयोगकर्ताहरूले नियो एक्सप्रेस डेलिभरीअन्तर्गत सेवा उपलब्धता जाँच गर्न आफ्नो नाम र पिन कोड बुझाउन सक्नेछन्। सेवा नपुगेका स्थानमा रहेका ग्राहकहरूले नियो एप प्रयोग गरी डिजिटल रूपमा कार्ड सक्रिय गर्न सक्नेछन्।
प्रारम्भिक अफ्फरका लागि वी-का ग्राहकहरूले वार्षिक 999 रुपियाँ मूल्य बराबरको नियो प्रिमियम सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसका फाइदाहरूमा वार्षिक 10 हजार रुपियाँसम्म यात्रा वचत, भिसा तथा फ्लाइट बुकिङमा कुनै पनि सुविधा शुल्क नलाग्ने, अन्तर्राष्ट्रिय होटलमा 10 प्रतिशत छुट, प्रत्येक वर्ष एकपल्ट निःशुल्क लाउञ्ज पहुँच तथा प्रत्येक तीन महीनामा एकपल्ट निःशुल्क एटीएम निकासी सुविधा समावेश छन्।
180 भन्दा अधिक देशहरूमा मान्यता प्राप्त नियो फरेक्स कार्डले आधार विनिमय दरमै अन्तर्राष्ट्रिय कारोबार प्रक्रिया गर्छ र 3 देखि 5 प्रतिशतसम्म लाग्ने फरेक्स मार्कअप शुल्कबाट बाँच्न सहयोग गर्दछ।
वी-अनुसार यस साझेदारीले परिवार पोष्टपेड योजनामा द्वितीय सदस्यहरूका लागि हालै लागू गरिएका रोमिङ छुट, आईआर प्याकसितै 285 रुपियाँमा आदित्य बिरला हेल्थ इन्स्योरेन्ससित गरिएको सहकार्यमा 40 लाख रुपियाँसम्म यात्रा बीमा कभर अनि डिलेड वा लष्ट ब्यागेजका लागि ब्लु रिबन ब्याग्ससित गरिएको साझेदारीअन्तर्गत 99 रुपियाँमा प्रति ब्याग 19800 रुपियाँसम्म क्षतिपूर्ति दिने सुरक्षा सेवालाई थप पूरक बनाएको छ।
नियोसित गरिएको साझेदारीमार्फत डिपारचरदेखि रिटर्नसम्म ग्राहकहरूका लागि निर्बाध कनेक्टिभिटी, स्मार्ट खर्च तथा सुरक्षालाई समेट्दै समग्र अन्तर्राष्ट्रिय यात्रा अनुभव तयार गरिएको वी-ले थप जनाएको छ। कम्पनीअनुसार डिजिटल इण्डिया निर्माणप्रति प्रतिबद्धताको अंश स्वरूप हाल 17 सर्कलमा फाइभ-जीको सेवा विस्तार कार्य निरन्तर जारी छ।

By Business Bureau