प्रीपेड उपयोगकर्ताहरूसम्म‌ ओटीटी पहुंच बढ़ाउन भीआई मूभीज  एन्ड टीभीले १७५ रूपियाँमाम ‘सुपर प्याक’ शुरू गर्यो 

भीआईले प्रीपेड ग्राहकहरूको लागि आफ्नो केवल १७५ रूपियाँ मूल्यको नयाँ खोज ‘सुपर प्याक’ सार्वजनिक गरेको छ।‌ यस रोमाञ्चक नयाँ प्रस्तावले सबै १० जीबी डेटायुक्त सोनीलिभ, जी५, मनोरमा म्याक्स र फ्यानकोडजस्ता १५ भन्दा अधिक लोकप्रिय ओटीटी प्लेटफर्महरूसम्म पहुँच प्रदान गर्दै मनोरञ्जनको दुनियाँको ढोका खोल्छ।

प्रयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउन डिजाइन गरिएको सुपर प्याक नवीकृत ‌भीआई मूभीज एवं टीभी एपको एउटा हिस्सा हो, जसको लक्ष्य ग्राहकहरूको लागि मनोरञ्जन केन्द्र बन्नु‌ हो। १७ ओटीटी ऐपहरू र ३५० लाइभ टिभी च्यानलहरूसम्म‌ पहुँचका साथ, यसले प्रयोगकर्ताहरूको लागि स्ट्रिमिङ अनुभवलाई सरल बनाउँछ।४४९ रूपियाँ वा ९७९‌ रूपियाँको भीआई हीरो अनलिमिटेड  प्लानहरु मार्फत रिचार्ज गर्ने प्रिपेड ग्राहकहरुले असीमित कलिङ र रोमाञ्चक डेटा सुविधाहरुका साथै कुनै अतिरिक्त शुल्क नलिई यी लाभहरूको आनन्द लिन सक्नेछन्।

सिलगढीमा धेरै बासिन्दाहरूले विविध सामग्री विकल्पहरू खोज्ने भएकाले ओटीटी सेवाहरूको लागि बढ्दो उत्साह स्पष्ट छ। स्थानीय उपभोक्ताहरूले तीव्रगतिमा डिजिटल मनोरञ्जनलाई अपनाएका  छन्, जसले यसप्रति एउटा बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ‌‌ र यो ओटीटी  दर्शकहरूको राष्ट्रिय वृद्धि अनुरूप छ।

By Business Bureau