वी ले अजरबैजान र अफ्रिकी मुलुकका लागि पोस्टपेड रोमिङ प्याक लांच गर्यो

अजरबैजानले हालैका वर्षहरूमा अजरबैजान भ्रमण गर्ने भारतीय पर्यटकहरूमा उल्लेखनीय वृद्धि भएको अनुभव गरेको छ। २०२३ मा गरिएको एक अध्ययनले अजरबैजानको भ्रमण गर्ने १,२०,००० भारतीय पर्यटकका साथ पर्यटनमा १०० प्रतिशतले वृद्धि भएको देखाएको थियो। अग्रणी टेलिकम अपरेटर भीआईले अजरबैजान र अन्य १२ अफ्रिकी मुलुकका लागि नयाँ अन्तर्राष्ट्रिय रोमिङ प्याक ल्याएको छ ।

क्यामरून, सुडान, रुवान्डा, आइभोरी कोस्ट, लाइबेरिया र दक्षिण सुडानका यात्रुका लागि मात्र रु ७४९ मा सुरु हुने अन्तर्राष्ट्रिय रोमिङ प्याकका साथ वी पोस्टपेड प्रयोगकर्ताले अब अजरबैजान र अफ्रिकी मुलुकहरूमा निर्बाध कनेक्टिभिटीको फाइदा लिन सक्नेछन् । वी पोष्टपेड प्रयोगकर्ताले २४ घण्टा प्याक, १० दिनको प्याक, १४ दिनको प्याक र ३० दिनको प्याक सहित विभिन्न विकल्पहरु प्राप्त गर्नेछन् ।

वी मा ‘अलवेज अन’ फिचर पनि रहेको छ जसले प्याकको समयावधि सकिएपछि कुनै पनि प्रयोगगर्दा लाग्ने उच्च अन्तर्राष्ट्रिय रोमिङ शुल्कबाट प्रयोगकर्तालाई बचाउँछ । वी ले विश्वका ११७ देशहरुमा झण्झट रहित अन्तर्राष्ट्रिय रोमिङ प्याकहरु प्रदान गर्दै आएको छ जसले यात्रुहरुको आवश्यकतालाई पुरा गर्दै प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्दछ ।