वीद्वारा डिजिटल ऋण उपलब्ध गराउन वी फाइनेन्स सेवा आरम्भ, वी एपमार्फत एफडी र क्रेडिट कार्ड

वोडाफोन आइडिया लिमिटेड (वी) ले आज मोबाइल वी एपमा उपलब्ध नयाँ डिजिटल फाइनेन्स प्लाटफर्म वी फाइनेन्स आरम्भ गरिएको घोषणा गरेको छ। व्यक्तिगत वित्तीय व्यवस्थालाई सहज बनाउँदै कागजविहीन डिजिटल प्रक्रियामार्फत व्यक्तिगत ऋण, फिक्स्ड डिपोजिट अनि क्रेडिट कार्डहरूको तुरुन्त पहुँच उपलब्ध गराउनु यस पहलको उद्देश्य हो। आदित्य बिरला क्यापिटल, अपस्विङ फाइनेन्सियल टेक्नोलोजिज अनि क्रेडिलियो जस्ता प्रमुख वित्तीय साझेदारहरूसित सहकार्यमा विकास गरिएको वी फाइनेन्सले ग्राहकहरूलाई धितोबिना रु. 50,000 देखि आरम्भ हुने व्यक्तिगत ऋण आकर्षक ब्याज दरमा लिन सक्षम बनाउँछ अनि एफडीमा लगानी गरेर 8.4% सम्म ब्याज रिटर्न पाउन अवसर दिनेछ साथै एसबीआई, एचडीएफसी अनि एक्सिस जस्ता शीर्ष ब्याङ्कहरूका विभिन्न क्रेडिट कार्डहरूको अन्वेषण गर्ने अवसर पनि दिनेछ।

वीका सीएमओ अवनीश खोसलाले भने, “वीमा हामी डिजिटल समाधानमार्फत ग्राहकको जीवन सहज बनाउने दिशामा प्रतिबद्ध छौँ। वी एपको वी फाइनेन्सको माध्यमबाट सामान्य झञ्झटबिना सजिलै, शीघ्र अनि पहुँचयोग्य वित्तीय समाधान उपलब्ध गराएर हामी ग्राहकहरूलाई आफ्नो वित्तीय आवश्यकता व्यवस्थापन गर्न सक्षम बनाउँछौँ। विश्वासनीय वित्तीय संस्थाहरूसित साझेदारीले प्रत्येक ग्राहकलाई आवश्यकताअनुसार उत्पाद प्राप्त हुने सुनिश्चित गर्दछ। यो डिजिटल-प्रथम, कागजविहीन उपायले करोड़ौँ भारतीयहरूको वित्तीय व्यवस्थापनलाई सजिलो बनाउनेछ भनेर हामी विश्वास गर्छौँ।”

उत्तर बङ्गालको प्रमुख व्यापारिक केन्द्र सिलगढ़ीमा शहरी उपभोक्ता, साना व्यवसायी अनि तलब पाउने पेशाकर्मीहरूमा वी फाइनेन्सले विश्वासनीय वित्तीय उपकरणको रूपमा विशेष आकर्षण पाउने अपेक्षा गरिएको छ। यस क्षेत्रको बढ्दो डिजिटल प्रवेश अनि लचिलो ऋण विकल्पहरूको मागले वीको फिनटेक विस्तारका लागि रणनीतिक बजार बनाउँछ। एनरोइड अनि आईओएसमा उपलब्ध वी एपमा वी फाइनेन्स अब जीवन्त भइसकेको छ जसले स्मार्ट डिजिटल समाधानमार्फत ग्राहक अनुभवलाई थप उत्कृष्ट बनाउने वीको लक्ष्यलाई टेवा दिनेछ।

By Business Bureau