भारतको अग्रणी टेलिकम अपरेटर भीआईले आफ्नो पोस्टपेड अन्तर्राष्ट्रिय रोमिङ प्याकहरूमा ब्यागेज प्रोटेक्शन सर्भिसेस समावेश गरेर आफ्नो अन्तर्राष्ट्रिय रोमिङ सेवालाई थप प्रभावकारी बनाएको छ। अमेरिकाको एक अग्रणी लस्ट ब्यागेज कन्सियर्ज सेवा प्रदायक ब्लु रिबन ब्याग्ससित गरिएको साझेदारीमार्फत भीआई पोस्टपेड ग्राहकहरूले अब आफ्नो लगेज गुमे वा गुनासो दर्ता गरेको 96 घण्टाभन्दा बढ़ी विलम्ब गरिए प्रति झोला ₹19,800 को क्षतिपूर्ति पाउन सक्नेछन्। 2024 को एसआईटीए रिपोर्टअनुसार, विश्वभरि 36 मिलियनभन्दा बढ़ी झोलाहरू गलत रूपले व्यवस्थापन गरिएको पाइएको थियो। यसले लगेज सुरक्षा सम्बन्धी बढ्दो चिन्तालाई उजागर गर्दछ। भीआईको ब्यागेज प्रोटेक्शन सर्भिसेसले ग्राहकहरूलाई लगेज हराएमा वा ढिलो भएमा सुरक्षाको प्रत्याभूति प्रदान गर्दछ। यसो हुँदा तिनीहरूको यात्रालाई तनाउमुक्त बनाउँदछ।
भीआई पोस्टपेड ग्राहकहरूले कुनै पनि अन्तर्राष्ट्रिय रोमिङ प्याक खरीद गर्दा ब्यागेज प्रोटेक्शन सर्भिसेस सक्रिय गर्न सक्नेछन्। यो वैकल्पिक सुविधा केवल ₹99 को अतिरिक्त शुल्कमा उपलब्ध छ र रोमिङ प्याकसितै सक्रिय गर्न सकिन्छ। भीआईका अन्तर्राष्ट्रिय रोमिङ योजनाहरू व्यापक फाइदाहरू प्रदान गर्न डिजाइन गरिएका छन् जसमा 29 देशहरूमा असीमित डेटा र कलहरू, 122 भन्दा बढ़ी देशहरूमा असीमित इनकमिङ कलहरू साथै वाट्सएपमार्फत चौबीस घण्टा प्रत्यक्ष एजेण्ट सपोर्ट समावेश छन्। यसो हुँदा ग्राहकहरूलाई उच्च रोमिङ शुल्क र पहुँच समस्याहरूको चिन्ताबिना सम्पर्कमा बनिरहन सुनिश्चित हुन्छ।