इण्टरप्राइज नेटवर्किङमा क्रान्तिकारी परिवर्तन ल्याउन वी बिजनेस र हेवलेट प्याकर्ड इण्टरप्राइजमाझ साझेदारी

वोडाफोन आइडियाको इण्टरप्राइज शाखा वी बिजिनेसले भारतमा नेक्स्ट जेनेरेशन म्यानेज्ड सर्भिसहरू प्रदान गर्न र हेवलेट प्याकार्ड इण्टरप्राइज (एचपीई) सित रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यमार्फत एडभान्स्ड म्यानेज्ड वायरलेस ल्यान, स्विचिङ र सुरक्षा समाधानहरू उपलब्ध गराउन एचपीई अरुबा नेटवर्किङका उत्पादहरू प्रयोग गरिनेछ अनि यो क्याम्पस, म्यानुफ्याक्चरिङ एकाइहरू, कर्पोरेट हेडक्वार्टर तथा क्षेत्रीय कार्यालयहरूजस्ता विविध व्यावसायिक वातावरणका लागि डिजाइन गरिएको छ।
यस सम्झौताअन्तर्गत वी बिजिनेसले आफ्नो नेटवर्क अपरेशन्स सेण्टर (एनओसी)द्वारा सबै सेवाहरूको व्यवस्थापन र सहयोग गर्नेछ। एआईद्वारा समर्थित विश्लेषणको सहयोगमा यस सेवाले बुद्धिमानपूर्ण सञ्चालन अनि प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ। यस साझेदारीले निजी डेटा सेण्टर समाधानहरू संयुक्त रूपमा विकास गर्ने लक्ष्य पनि राखेको छ। यसले निजी र सार्वजनिक दुवै क्षेत्रका ग्राहकहरूका लागि स्केलेबल अनि सुरक्षित कम्प्युट तथा स्टोरेज पूर्वाधारको बढ्दो मागलाई सम्बोधन गर्नेछ।
वोडाफोन आइडियाका चिफ इण्टरप्राइज बिजिनेस अफिसर अरविन्द नेवाटियाले भने, “यस सहकार्यले वी बिजिनेसको आईसीटी पोर्टफोलियोलाई थप बलियो बनाउँदै दूरसञ्चार सेवालाई अत्याधुनिक व्यावसायिक समाधानहरूसित एकीकृत गर्नेछ अनि यसले डिजिटल रूपान्तरणलाई सशक्त बनाउनेछ।” एचपीई अरुबा नेटवर्किङका ईभीपी फिल मोट्रामले थपे, “यस साझेदारीले व्यवसायहरूलाई तीव्र रूपमा विकसित भइरहेका डिजिटल परिदृश्यमा आत्मविश्वाससहित विस्तार गर्न सहयोग पुर्या्उने चुस्त र लचिला समाधानहरू प्रदान गर्नेछ।”
धेरै व्यवसायहरूले आफ्नो सञ्चालनलाई समर्थन गर्ने भरपर्दो डिजिटल पूर्वाधार खोजिरहेका समय दह्रो व्यावसायिक नेटवर्किङ समाधानहरूको माग दिन प्रतिदिन बढ़ेर जाने निश्चित छ। वी र एचपीईको साझेदारीले शहरका कर्पोरेट तथा औद्योगिक क्षेत्रहरूमा उन्नत म्यानेज्ड सर्भिसहरू अपनाउने कार्यलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायहरूलाई तिनीहरूको सञ्चालन क्षमता र प्रतिस्पर्धात्मकतामा वृद्धि गराउन यसले स्केलेबल र सुरक्षित कनेक्टिभिटी समाधानहरू प्रदान गर्नेछ।

By Business Bureau