वी-बिजिनेसले सिटी ग्यास डिष्ट्रिब्युशन नेटवर्कका लागि डिजिटल मनिटरिङ सुदृढ़ बनाउने लक्ष्यमा स्मार्ट ग्यास मिटरिङ समाधान आरम्भ गर्दै आफ्नो आईओटी पोर्टफोलियो विस्तार गरेको छ। कम्पनी अनुसार यस प्रविधिले रियल टाइम डिजिटल ट्याकिङ मार्फत चोरी तथा बिलिङ्ग त्रुटी घटाउन सहयोग गर्नेछ। तीव्र रूपले विकसित भइरहेको उत्तर बंगालको व्यावसायिक केन्द्र सिलगढ़ीमा यस प्रविधिले घरेलु तथा औद्योगिक उपभोक्ताहरूको माग क्रमिक रूपले बढिरहेको शहर वरिपरि क्षेत्रमा जारी पूर्वाधार विस्तारलाई सहयोग पुऱ्याउन सक्ने बताइएको छ ।
विज्ञप्ति अनुसार, स्मार्ट ग्यास मिटरिङ समाधानमा न्यारोब्याण्ड -आईओटी प्रविधि प्रयोग गरिएको छ जसले सीजीडी अपरेटरहरूका लागि लार्ज स्केल कनेक्टिभिटी प्रदान गर्छ। वी बिजिनेसका नेतृत्वहरूले म्यानुअल बिलिङबाट डिजिटल सिस्टम तर्फको स्थानान्तरणले सञ्चालन कार्य क्षमतामा सुधार हुने र आयको विश्वासनीयता बढ़ाउने बताएका छन्।
नयाँ सिस्टमले सिलगढ़ी जस्ता सानो शहरहरूलाई महँगो भौतिक कार्य सञ्चालन बिना नै उन्नत डिजिटल मिटरिङ्ग अवलम्बन गर्न सहयोग गर्न सक्छ। विस्तार हुँदै जाँदा यस्ता प्रविधिगत सुधारहरूले भविष्यमा ऊर्जा योजनालाई सहयोग पुऱ्याउन संक्षम हुने बताएका छन्।
