वी बिजिनेसद्वारा 2028 सम्म 1.2 करोड़ स्मार्ट मिटर जड़ान गर्ने लक्ष्यसहित विकासको खाका तयार

वोडाफोन आइडिया लिमिटेड अधीनस्थ संस्थागत शाखा वी बिजिनेसले आगामी तीन वर्षभित्र भारतभरि 1.2 करोड़ स्मार्ट मिटर जड़ान गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। भारतको स्मार्ट ग्रिड मिसनसित मेल खाने यस विशाल पहलले देशको Advanced Metering Infrastructure एडभान्स्ड मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआई) अनि इण्टरनेट अफ थिङ्स (आईओटी) प्रणालीलाई थप दह्रो बनाउने लक्ष्य लिएको छ।
सन् 2018 देखि स्मार्ट मिटर इण्टिग्रेशनमा सफलता हासिल गर्दै आएको वी बिजिनेसले आफ्नै आईओटी स्मार्ट सेण्ट्रल प्लेटफर्म प्रयोग गरी उपयोगिता कम्पनीहरू साथै उपभोक्ताहरूका लागि रियल-टाइम निगरानी, सञ्चालनको कार्यक्षमता अनि डेटाको सुरक्षामा सहयोग पुर्यााउनेछ। कम्पनीले अगावै स्थापना गरिसकेको आईओटी प्रयोगशाला अनि सशक्त अनबोर्डिङ प्रक्रियाले देशव्यापी रूपमा सजिलै र विस्तारपूर्वक मिटर जड़ान गर्न सहयोग गर्नेछन्।
तीव्र शहरी विस्तारका कारण अझ प्रभावकारी ऊर्जा व्यवस्थापन आवश्यक रहेको सिलगढ़ीमा यस घोषणाले विशेष चासो जन्माएको छ। यहाँका बिजुली वितरण कम्पनीहरूले बिलिङ त्रुटि र ऊर्जाको नोक्सानमा कमी आउने आशा गरेका छन् भने उपभोक्ताहरूले आफ्ना बिजुली प्रयोगमा बढ़ी नियन्त्रण पाउनेछन्। विश्लेषकहरूले यसलाई सिलगढ़ीको पूर्वाधार सुदृढ़ गर्न र स्थानीय ऊर्जा कम्पनीहरूप्रति लगानीकर्ताको विश्वास बढ़ाउन एक सकारात्मक कदमका रूपमा हेरिरहेका छन्।

By Business Bureau