वोडाफोन आइडिया (वी) ले आफ्नो रेडएक्स फ्यामिली प्लान सार्वजनिक गरेको छ। भारतको प्रिमियम पोस्टपेड बजारमा ठूलो हिस्सा ओगट्ने यसको उद्देश्य हो। दुई सदस्यका लागि मासिक रु. 1601 मा उपलब्ध यो योजना देशकै पहिलो यस्तो योजना हो जसले साँचो अर्थमा सबै परिवारका सदस्यहरू मुख्य होस् वा सहायकलाई सीमाहीन फोरजी/फाइभजी डाटा र बराबरी अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्रदान गर्छ।
यस योजनामा नेटफ्लिक्स, अमेजन प्राइम, सोनीलिभ अनि जियोसिनेमा जस्ता ठूल्ठूला ओटीटी सेवा प्रदायकहरूमा पहुँचसमेत समावेश छ। प्रयोगकर्ताहरूले वर्षमा चारपल्ट निःशुल्क एयरपोर्ट लाउञ्ज भ्रमण, रु. 2,999 बराबरको 7 दिनको अन्तर्राष्ट्रिय रोमिङ प्याक अनि स्विग्गी वनको 6 महीनाको सदस्यता सुविधा पनि पाउनेछन्। परिवारका थप सदस्यहरूलाई प्रति महीना रु. 299 मा जोड्न सकिन्छ अनि तिनीहरूले पनि यी सबै सुविधा प्राप्त गर्नेछन्। नोर्टनमार्फत डिभाइस सुरक्षा अनि वी प्रायोरिटी सेवाले यस योजनालाई अझ दह्रो बनाएको छ।
उत्तर बङ्गालको एक महत्त्वपूर्ण दूरसञ्चार विकास केन्द्र सिलगढ़ीमा यो रेडएक्स फ्यामिली प्लानले अघि बढ़िरहेको परिवार अनि पेशादार व्यक्तिहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। डाटा प्रयोग तीव्र रूपले बढ़िरहेको छ र स्ट्रिमिङ मुख्य धारा बन्दै गइरहेको छ। यस परिप्रेक्ष्यमा सिलगढ़ीको परिवर्तनशील पोस्टपेड बजारमा विशेष गरी मूल्य र डिजिटल सुविधा खोज्ने परिवारहरूबीच सशक्त उपस्थिति दिलाउन यस विस्तृत योजनाले वीलाई सहयोग गर्नेछ।
रेडएक्स फ्यामिली प्लानमार्फत वीको प्रिमियम पोस्टपेड बजारमा ठूलो दाउ; टियर-2 बजारहरूमा विस्तारको लक्ष्य
