टेलिकम अपरेटर वोडाफोन आइडिया (वी) ले सिलगढ़ीमा आफ्नो 5जी सेवा आरम्भ गरेको घोषणा गरेको छ जसले यस शहरलाई पश्चिम बङ्गालमा नेक्स्ट–जेनेरेशन कनेक्टिभिटी पाउने पहिलो शहर बनाएको छ। यो कदम कम्पनीसित स्पेक्ट्रम 17 प्राथमिक सर्कलहरूमा वी-को रणनीतिक 5जी विस्तारको हिस्सा हो।
कम्पनीले यसअघि नै मुम्बई, दिल्ली–एनसीआर, बेङ्गलोर, पुणे, कोची, जयपुर अनि विशाखापत्तनम जस्ता महानगर साथै टियर–2 शहरहरूमा 5जी सेवा आरम्भ गरिसकेको छ। भोलिदेखि सिलगढ़ीका वी प्रयोगकर्ताहरूले 5जी–सक्षम उपकरण प्रयोग गरी रु. 299 देखि आरम्भ हुने रिचार्ज प्लानमा असीमित 5जी डेटा उपभोग गर्न सक्नेछन् जसले शीघ्र डाउनलोड, हाई–डेफिनिशन स्ट्रिमिङ, क्लाउड गेमिङ अनि रियल–टाइम भिडियो कन्फरेन्सिङको सुविधा दिनेछ।
सिलगढ़ीलाई उत्तर बङ्गालको व्यावसायिक प्रवेशद्वारका रूपमा मानिने भएकाले यो सेवा प्रारम्भ विशेष महत्त्वपूर्ण बनेको छ। सबल डिजिटल पूर्वाधारले शहरको बढ्दो खुद्रा व्यापार र लोजिस्टिक्स प्रणालीलाई लाभ दिने, ई–कमर्स गतिविधि बढ़ाउने, साथै उच्च–गतिको इण्टरनेटमाथि निर्भर शिक्षा र पर्यटन क्षेत्रलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। वी-ले नोकियासित सहकार्य गर्दै उन्नत र ऊर्जा–दक्ष पूर्वाधार स्थापना गरेको छ र स्वचालित अनुकूलनका लागि एआई सञ्चालित सेल्प अर्गानाइजिङ नेटवर्क्स (एसओएन) लागू गरेको छ। साथै वी-ले थप स्पेक्ट्रम अनि 850 भन्दा अधिक नयाँ साइट स्थापना गरेर कोलकाता र बाँकी पश्चिम बङ्गालमा आफ्नो 4जी नेटवर्कमा पनि स्तर वृद्धि गरेको छ जसले गत वर्षमा लगभग 16% सम्म क्षमता वृद्धि गरेको छ।
