मार्चदेखि शुरु हुने १२ देखि १५ वर्षसम्मका बालक बालिकाहरूको भ्याक्सिन

देशमा भ्याक्सिन कार्यक्रम शुरु भएको एक वर्ष भइसकेको छ । हालसम्म विश्वमा सबैभन्दा अधिक १ अर्ब ५६ करोड कोरोना भ्याक्सिन लागू भइसकेको छ । यस वर्ष जनवपी ३ देखि १५ देखि १८ वर्षसम्मका बालबालिकालाई भ्याक्सिन कार्यक्रम शुरु गरिएको हो । अब मार्चदेखि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई भ्याक्सिन अभियान शुरु हुने भएको छ। यो जानकारी कोभिड-१९ को भ्याक्सिनसम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका अध्यक्ष डा एनके अरोराले दिएका हुन्। फरवरीको अन्त्य वा मार्चको शुरुदेखि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई भ्याक्सिन दिइने अरोराले बताए ।

गत जनवरी ३ बाट शुरु भएको बालबालिकाको भ्याक्सिन अभियान तीव्र रुपमा चलिरहेको छ। हालसम्म १५ देखि १८ वर्ष उमेर समूहका ३,३१ करोड बालबालिकाले भ्याक्सिनको पहिलो डोज लिएका छन् तथ्याङ्कअनुसार हालसम्म यो उमेर समूहका ४५ प्रतिशत बालबालिका मात्र १३ दिनभित्र कभर भएका छन् । डा अरोराले भने, ‘देशमा १५ देखि १७ वर्ष उमेर समूहका ७.४ करोड बालबालिका छन् । जनवरीको अन्त्यसम्ममा यी सबै बालबालिकालाई भ्याक्सिनको पहिलो डोज उपलब्ध गराउने हाम्रो लक्ष्य छ यसपछि हामीले फरवरीदेखि दोस्रो डोज दिने अभियान गर्नेछौँ । फरवरीसम्ममा दोस्रो डोजको लक्ष्य पनि पूरा हुनेछ । त्यसैले हामी फरवरीको अन्त्य वा मार्चको पहिलो सातादेखि १२ देखि १४ वर्षसम्मका बालबालिकालाई भ्याक्सिन दिन थाल्न चाहन्छौं ।डा एनके अरोराले भने, १२ देखि १७ वर्षका बालबालिकाहरू वयस्कहरू जस्तै हुन्छन्। त्यसैले उनीहरुलाई कोरोना विरुद्ध सुरक्षा प्रदान गर्नु अत्यन्त जरुरी छ।

यस उमेरका बच्चाहरू धेरै गतिशील हुन्छन् र उनीहरूले धेरै घुमफिर गर्नुपर्छ। स्कुल, कलेज जान, साथीभाइ भेट्नुपर्छ, त्यसैले पनि संक्रमणको जोखिम अधिक हुन्छ। ओमिक्रोनको आगमनसंग यो जोखिम बढेको छ।त्यसैले सरकारले अब यी बालबालिकालाई प्राथमिकतामा राखेर यथाशिघ्र भ्याक्सिन लगाइउन चाहन्छ । इन्डियन एकेडेमी अफ पेडियाट्रिक्सका पूर्वअध्यक्ष डा प्रमोद जोगले सरकारले कुनै पनि रोग लागेका ५ देखि १४ वर्षसम्मका बालबालिकालाई पनि भ्याक्सिनको सीमामा ल्याउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *