सिलगढ़ीमा उन्नोयनेर पाञ्चली अभियान आरम्भ

राज्य सरकारद्वारा सञ्चालन गरिएका विभिन्न विकासका पहलहरूलाई जनसाधारणसमक्ष प्रस्तुत गर्ने उद्देश्यमा बुधवार सिलगढ़ीमा उन्नोयनेर पाञ्चाली अभियान शुभारम्भ गरिएको छ। कार्यक्रममा सिलगढ़ीका मेयर गौतम देव, उप-मेयर रञ्जन सरकार, नगर निगमका विभिन्न काउन्सिलरहरू तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
मेयर गौतम देवले यस पहलमार्फत स्वास्थ्य साथी, लक्ष्मी भण्डार, कन्याश्री, सबूज साथी, खाद्य साथी लगायत राज्य सरकारका विभिन्न कल्याणकारी योजनाहरूको लाभहरू जनतासमक्ष पुर्याौउने लक्ष्य रहेको बताए।
उन्नोयनेर पाञ्चाली झाँकीले सिलगढ़ी नगर निगमका डाबग्राम, फूलबारी तथा वरिपरिका विभिन्न क्षेत्रहरूमा भ्रमण गर्नेछ। यो अभियान आगामी 15 जनवरीसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। मेयर देवले विकास परियोजनाहरू कार्यान्वयन गर्नु मात्र पर्याप्त नभएर ती उपलब्धिहरूको सन्देश जनतासमक्ष पुग्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।

By Piyali Poddar