वीद्वारा नेटफ्लिक्ससित मिलेर उद्योगमै पहिलो डेटा सुविधासहित रु 871 को नयाँ म्याक्स फ्यामिली पोष्टपेड प्लान सार्वजनिक

भारतका प्रमुख टेलिकम सेवा प्रदायकहरूमध्ये एक वीले रु 871 मा नयाँ वी म्याक्स फ्यामिली पोष्टपेड प्लान सार्वजनिक गरेको छ। अद्वितीय मूल्य र मनोरञ्जन दिने गरी डिजाइन गरिएको यस योजनामा 120 जीबी डेटा कोटा, नेटफ्लिक्स ब्यासिक सदस्यता अनि थप 18 वटा ओटीटी प्लेटफर्महरूमा पहुँच प्रदान गरिनेछ। यस योजनामा दुई सदस्यका लागि कनेक्शन समावेश गरिएको छ- प्रमुख प्रयोगकर्तालाई 70 जीबी, दोस्रो सदस्यलाई 40 जीबी अनि 10 जीबी साझा डेटा उफलब्ध गराइनेछ जसले यसलाई यस सेगमेण्टमा परिवार केन्द्रित सबैभन्दा व्यापक विकल्प बनाउँछ।

अन्य सुविधाहरूमा रातभरि अनलिमिटेड डेटा (राति 12 बजीदेखि बिहान 6 बजीसम्म), 400 जीबीसम्म डेटा रोलओभर (प्रत्येक प्रयोगकर्तालाई 200 जीबी) अनि मुम्बई, दिल्ली-एनसीआर, पटना, चण्डीगढ़, बेङ्गलुरु लगायतका शहरहरूमा अनलिमिटेड 5 जी पहुँच समावेश छन्। प्रयोगकर्ताहरूले वी को चोइस सुविधाअन्तर्गत नोर्टन मोबाइल सेक्युरिटी अनि इजमाईट्रिप छुटहरूमार्फत मनोरञ्जन, मोबाइल सुरक्षा अनि यात्रा सम्बन्धी लाभहरू लिन सक्नेछन्।

उत्तर बङ्गालको एक उदीयमान डिजिटल केन्द्र सिलगढ़ीमा इण्टिग्रेटेड पोष्टपेड समाधानहरूको माग तीव्र रूपमा बढ़िरहेको छ। वी-को यो नयाँ योजना मनोरञ्जनमै आधारित सुविधाहरू र लचिलो संरचनासहित परिवार प्रयोगकर्ताहरू अनि डिजिटल सेवाको समग्र प्याकेज खोज्ने व्यावसायिकवर्गलाई आकर्षित गर्ने हिसाबले उतारिएको छ।

वी-ले सन् 2025 को अगस्तभित्र प्राथमिकतामा पर्ने 17 सर्कलहरूमा 5 जी रोलआउट पूरा गर्ने लक्ष्य राखेको छ।

By Business Bureau