मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ । युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो ।

हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ ।

पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसकोस् भनेर युरोपेली नियामक निकायमा उजुरी पनि परिसकेको छ । फाइनान्सियल फेयर प्लेका आधारमा पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नमिल्ने उजुरीकर्ताहरूको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *