अविश्वसनीय! रुखलाई साङ्ला र डोरीले बाँधेर सय वर्ष जेल सजाय सुनाइएको छ

अहिलेसम्म मानिसले सजाय पाएको र जेलमा परेको कुरा तपाइले सुन्नु भएको होला तर कुनै रुखले सजाय पाएको सुन्नुभएको छ। तपाई भन्नुहुनेछ कि यो कसरी हुन सक्छ, तर हामी तपाईलाई बताउन चाहन्छौं कि यो बिल्कुल सत्य हो। पत्यार नलागे पनि रुखलाई सय वर्षको जेल सजाय सुनाइएको छ ।यति मात्र होइन, यो रुखलाई साङ्ला र डोरीले पनि बाँधिएको छ। यो घटना जलपाईगुडी जिल्लाको नगरकाटामा भएको हो, यो अविश्वसनीय सजाय सुन्ने जो कोहीले पत्याउन सक्दैनन्। हामी तपाईलाई बताउछौं कि यो रूखलाई सजाय दिइएको छ किनभने यो बढ्दै जाँदा नजिकैका साना रूखहरूलाई नष्ट गर्दछ। यसै कारणले शेख जियाउर रहमान नामका व्यक्तिले त्यो ठूलो रुखमा साङ्ला र डोरी बाँधेर पक्राउ गरेका छन्। रुख अर्को सय वर्षको लागि पक्राउ गरिएको छ।
वास्तवमा, जियाउर रहमान नामका व्यक्तिले नगरकाटा क्षेत्रको एक निजी पार्कमा बगैचा बनाउँदै थिए। यो जंगली रुख आफै बढ्छ तर यसको बृद्धिका कारण नजिकैका साना रुखहरु मर्छन्। यसले अन्य रूखहरूलाई बढ्न दिँदैन।जियाउर रहमान नामका ब्यक्ति भन्छन् कि यदि कसैले कसैको हत्या गर्छ भने सजाय हुन्छ, जसरी यो रुखले अरु रुखलाई पनि मारिरहेको छ भने यो रुखलाई किन सजाय नदिने ? यो विचार मेरो मनमा आउने बित्तिकै मैले यो रूखलाई औपचारिक रूपमा पक्राउ गरें। शेख जियाउर रहमानले भने कि यो रुखलाई गिरफ्तार गरेर मैले अर्को १०० वर्षको लागि त्यो रुखको जिम्मेवारी लिएको छु। मेरो अर्को पुस्ताले पनि यो रुखको हेरचाह गर्नेछ। वातावरण संरक्षणको सन्देश दिन यो पहल गरेको हो। यसप्रति वातावरणविद्हरुले नकारात्मक प्रतिक्रिया दिए पनि उनीहरुका अनुसार रुखलाई साङ्लोले बाँधेर राख्न सकिँदैन।

तर, रुखलाई यसरी पक्राउ गरेको कसैले देखेनन्। सुनिन्छ कि औपनिवेशिक भारतमा एक जना अंग्रेज भद्रले बरगदको रुखलाई ठ्याक्कै त्यसैगरी पक्राउ गरेका थिए । किनकी त्यो बरगदको रुख बिस्तारै उसको घरतिर आइरहेको थियो। यो अनौठो र अचम्मको सजाय देखेर र सुन्दा अहिले मानिसहरु अचम्ममा परेका छन्।