उज्ज्वला योजना पुनः शुरु गरिने

रेखा मुनि बस्ने गरीब परिवारहरुलाई निःशुल्क एलपीजी कनेक्शन प्रदान गर्ने योजना उज्वलालाई केन्द्र सरकारले नयाँ प्याकेजिङ्ग सँग उत्तर प्रदेश चुनाउभन्दा पहिला पुनःशुरु गर्न गइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उत्तर प्रदेशको महोबा जिल्लाबाट उज्वला योजना २० को शुभारम्भ गर्ने छन् ।उज्वला २.० अन्तर्गत लाभार्थीले नि: शुल्क ग्यास कनेक्शनको साथै स्टोभ र पहिलो पटक भरिएको सिलिण्डर पाउनेछन्।

वर्ष २०१७ मा यूपीमा भएको विधानसभा चुनाउमा केन्द्रको उज्वला योजनाको धेरै चर्चा भएको थियो र यो भाजपाको ठूलो जीतको श्रेय यसलाई पनि दिइेको थियो| यद्यपि उज्वलाको पहिलो संस्करणमा सरकारले केवल एलपीजी कनेक्शनको लागि १६०० रुपियाँ (जम्मा पैसा) को राशि सहायता दिएको थियो यस योजना अन्तर्गत, ग्यास कनेक्शन प्राप्त परिवारहरु कुनै ब्याज बिना स्टोभ र सिलिण्डरको लागि लोन लिन सक्थे|

उज्वला २.० अन्तर्गत केन्द्र सरकारले यस आर्थिक वर्षमा गरीबहरुलाई लगभग एक करोड ग्यास कनेक्शन निःशुल्क वितरण गर्ने छ । आज भन्दा लगभग पाँच बर्ष पहिला यूपी चुनाउभन्दा पहिला पीएम मोदीले योजनाको पहिलो संस्करण ( उज्ज्वला १.०) मई १, २०१६ मा राज्यको बलिया जिल्लामा शुरू गरेका थिए । उज्वला २.० अन्तर्गत ८०० रुपियाँभन्दा अधिक मूल्यको एउटा सिलिण्डर र स्टोभ सित्तैमा उपलब्ध हुने अपेक्षा गरिएको छ। यस बर्षको बजटमा योजनाको मनसायको घोषणा गरिएको थियो अर्थमन्त्री निर्मला सीतारमणले फरवरी १ मा २०२१ २२ मा १ करोड नयाँ लाभार्थीसम्म योजना विस्तार गर्ने घोषणा गरेकी थिइन्उनले आफ्नो बजट भाषणमा भनिन्, उज्वला योजना, जसले ८ करोड परिवारलाई लाभान्वित गरेको छ, १ करोड भन्दा धेरै लाभार्थीहरुलाई कभर गरी विस्तार गरिनेछ । नि: शुल्क पहिलो रिफिल र जम्मा निः शुल्क ग्यास कनेक्शन बाहेक यस योजनाको नयाँ रूपमा अनलाइन आवेदनको लागि प्रावधान हुनेछ । अधिकारीले भने, एक प्रवासी परिवारले छुट्टै ग्यास कनेक्शन पनि पाउन सक्छन्।उनले भनिन्, अनुसूचित जाति (एससी) र अनुसूचित जनजाति (एसटी) का गरीब परिवारहरुलाई प्राथमिकता दिइनेछ । यस योजना अन्तर्गत आवेदकहरुलाई केवाईसीको लागि एक फारम भर्नु पर्छ, जसको लागि कुनै नोटरी को शपथ पत्रको आवश्यकता पर्दैन । त्यहीं, प्रवासीहरु कहाँ यदि निवास प्रमाणपत्र छैन भने उनीहरुलाई सेल्फ-डिक्लेरेशनको विकल्प दिइनेछ । मानिसहरु यस साधारण सेवा केन्द्रको माध्यमबाट वा ग्यास कम्पनीहरुको वेबसाइटको माध्यमबाट अनलाइन आवेदन गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *