भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन ।

यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

त्यसैगरी कुल संक्रमितमध्ये छ हजार ४१ जना कोरोना भाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ । नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *