ब्राजिलमा भत्किए दुई बाँध, हजारौं मानिस विस्थापित

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा हप्तौंदेखिको अविरल वर्षाले दुई वटा बाँध भत्किएका छन्।   उत्तरपूर्वी राज्य बाहियामा रहेको दुई वटा बाँध भारी वर्षाका कारण भत्किएको समाचार संस्था रोयटर्सले जनाएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ। यस्तै शहरहरूमा पनि बाढी पसेको छ।  भिटोरिया-दा- कनक्विस्टाको भेररूगा नदीमा बनेको इगुवा बाँध शनिबार राति भत्किएको थियो। बाँध फुटेपछि स्थानीयहरूको स्थानान्तरण गर्नु परेको थियो। 

भिटोरिया-दा-कनक्विस्टाका मेयर शिइला लिमोसले इगुवा बाँध नजिकैका बासिन्दाहरूलाई त्यो ठाउँबाट हटाइसकेको बताए। बाढी पसेपछि बिआर-११६ राजमार्ग पनि अवरूद्ध भएको थियो।  त्यो ठाउँबाट १०० किलोमिटर उत्तरमा जुस्सियापेमा रहेको अर्को बाँध पनि भत्किएको छ। त्यो बाँध भने आइतबार बिहान भत्किएको हो।  बाँध, सडक, पुल लगायतका भौतिक संरचना भत्किए पनि अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन। उद्धारकर्ताहरूले घरमा फसेका मानिसहरूको उद्धार गरिरहेको छन्। बाहियाका गभर्नर रूइ क्यास्ट्रोका अनुसार अहिलेसम्म अविरल वर्षाका कारण ४ लाख मानिसहरूलाई असर गरेको छ।

झन्डै दुई महिनादेखिको निरन्तर वर्षाले असर गर्दा हजारौं मानिस विस्थापित भएका छन्। ६७ शहरमा बाढीका कारण आपतकालिन अवस्था आएको छ।  

‘हजारौं मानिसहरूले आफ्नो घर छाड्न बाध्य भएका छन् किनकी पानीको तह एकदेखि दुई मिटर र केही ठाउँमा तीन मिटरसम्म बढेको छ,’ गभर्नर क्यास्ट्रोले भने। 

गत नोभेम्बर यता वर्षाले बाहियामा मात्रै १८ जनाको ज्यान गुमाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *