सिलगढ़ीमा नाबालिका विद्यार्थीलाई अपहरण गर्ने प्रयास गरेको आरोपमा एक महिलासहित दुईजनालाई पक्राउ गरिएको छ। विद्यालय बन्द भएपछि छैटौँ कक्षामा अध्ययनरत छात्रा घर फर्किँदै गर्दा अपहरण गर्ने प्रयास गरिएको आरोप लागेको हो। पुलिस सूत्रअनुसार गुल्माकी वासिन्दा माया घोष अनि चम्पासारीका अभिजीत सूत्रधार स्कुटीमा सवार भई आएर विद्यालयको गेटनजिक उक्त छात्राको सम्पर्कमा आए। पहिले तिनीहरूले छात्रासित कुराकानी गर्न खोजे अनि त्यसपछि घर पुर्यााइदिने बहाना गरेर तिनलाई जबरजस्ती स्कूटीमा चढ़ाउने प्रयास गरे।
सतर्कता अनि साहस देखाएर उक्त छात्रा आफूलाई जोगाउन सफल भइन्। आरोपीहरूले पुनः प्रयास गर्दा तिनले सहयोगीका लागि चिच्याइन्। नाबालिकाको चिच्याहट सुनेर स्थानीय दोकानदारहरू अनि मानिसहरू घटनास्थलमा आइपुगे अनि प्रधान नगर पुलिसलाई जानकारी गराए। सूचना पाएपछि तत्कालै घटनास्थलमा आइपुगेर पुलिसले छात्रालाई उद्धार गर्योई र दुवै आरोपीहरूलाई पक्राउ गर्योल।
घटनापछि छात्राकी आमाले प्रधान नगर पुलिस चौकीमा लिखित उजुरी दर्ता गराएकी छन्। उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ र जाँच जारी छ। पुलिसले आरोपीहरूको उद्देश्यबारे छानबिन गर्दै थप सोधपुछ गर्न सक्ने जनाएको छ। दुवै आरोपीलाई शुक्रवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ।
नाबालिका अपहरण प्रयासको आरोपमा दुई पक्राउ
