असमको एकजना नाबालिकालाई अपहरण गरेको आरोपमा असम निवासी दुइजना अभियुक्तलाई रम्फू पुलिसले पक्राउ गरेको छ भने नाबालिकालाई सुरक्षित उद्धार गरिएको छ । प्राप्त जानकारीअनुसार शुक्रवार राति ९ बजी रम्फू बंगाल सीमामा असमको सिराम जिल्ला रोनीखाटा पुलिस थानाअन्तर्गत देवसानी निवासी दुइ व्यक्ति ४१ वर्षीय कृष्ण योगी अनि ३१ वर्षीय टीकाराम घिमिरेलाई एकजना १३ वर्षीय नाबालिकाको साथ पक्राउ गरिएको हो । बताइएअनुसार आरोपी दुइ व्यक्तिले उक्त नाबालिकाको अपहरण गरी सिक्किम भित्र्याइरहेको आरोप छ । गुप्त सूचनाको आधारमा रम्फू पुलिस पोस्ट प्रभारी एसआइ लक्ष्मण पोख्रेलले शुक्रवार राति सीमा क्षेत्रमा नाका चेकिङ अभियान चलाएका थिए । सोही समय एउटा असम नम्बरधारी एएस २६ इ १०३७ इको वाहनलाई रोकेर जाँच गर्दा नाबालिका सितैतिनीहरूलाई पक्राउ गरिएको हो कालेबुङ पुलिसले शनिवार आरोपी दुवैलाई भारतीय दण्डसंहिताको धारा ३६३, ३६५ अनि १२० बी मुद्धा दर्ता गरी कालेबुङ जिल्ला अदालतमा प्रस्तुत गरेको थियो भने नाबालिकालाई बाल सुरक्षा अभियानको देखरेखमा सुरक्षित राखिएको थियो । अदालतबाट आरोपीद्वयलाई चार दिनको पुलिस रिमाण्डमा पठाइएको थियो भने मंगलवार ट्रान्जिट रिमाण्डको आधारमा असम पुलिसलाई हस्तान्तरण गरिएको छ । आसाम रोनीखाटा पुलिस थाना एसआ घटनाबारे जानकारी दिँदै भने, बिहीबार थानामा १३ वर्षीय उक्त नाबालिकाको परिवारले मिसिङ डायरी गरेका थिए । दुइ दिनपछि कालेबुङ पुलिसद्वारा उक्त नाबालिकालाई उद्धार गरिएको अनि दुइ व्यक्तिलाई पनि पक्राउ गरिएको खबर पाएपछि आफूहरू लगत्तै कालेबुङ आएको र यता आएर जिल्ला अदालतमा असम पुलिसद्वारा ट्रान्जिट रिमाण्ड गरिएपछि अदालतले रिमाण्डलाई स्वीकृति दिएर दुइ आरोपीलाई असम पुलिसको हातमा सुम्पिएको तिनले बताए । तिनी मंगलवार नै असम प्रस्थान भए ।
Related Posts
आसामका मुख्यमन्त्री हिमन्त बिस्वाले मदरसाहरूमा भर्ना ‘अधिकार उल्लङ्घन’: ‘डाक्टर बन्न सक्दैन…’
- Editor
- May 23, 2022
- 0
असमका मुख्यमन्त्री हिमन्त विश्व सर्माले भनेका छन्, ‘मदरसाहरू रहेसम्म बालबालिकाले डाक्टर र इन्जिनियर बन्ने कल्पना गर्न सक्ने छैनन्। “म सधैं मदरसाहरूको अस्तित्वको लागि सुझाव दिन्छु […]
सिक्किमबाट असम पुलिसद्वारा २ महिला लगायत २६ जना बालबालिका उद्धार
- Editor
- July 24, 2021
- 0
असम पुलिसले राजधानी गान्तोक साथै पूर्व र दक्षिण सिक्किमबाट दुई महिलालगायत २६ जना बालबालिकालाई उद्धार गरेर आसाम लगेको घट्ना प्रकाशमा आएको छ । सिक्किम पुलिसका […]
गुवाहाटी-कोलकाता बीचको विशेष ट्रेन जनवरी 2023 देखि सुरु हुनेछ
- Editor
- August 10, 2022
- 0
यात्रुहरूको भीड हटाउनको लागि, पूर्वी रेलवेले गुवाहाटी-कोलकाता विशिष्ट ट्रेन अगाडि बढाउने निर्णय गरेको छ। पछिल्लो रिपोर्ट अनुसार, गुवाहाटी-कोलकाता असाधारण शिक्षण 2023 सम्म द्वि-साप्ताहिक रूपमा चल्ने […]