टिभी अभिनेत्री ट्युनिशा शर्मा मृत फेला, सुटिङ सेटमा शव फेला

टिभी अभिनेत्री ट्युनिशा शर्मा शनिबार मुम्बईको वसईमा सेटमा मृत पहिचान भएको थियो। उनी २० वर्षकी थिइन्। उनी SAB टिभीमा प्रशारण हुने अली बाबा दास्तान-ए-काबुल कार्यक्रममा उनको अभिनयका लागि प्रसिद्ध छिन्। ट्युनिशा शनिबार सेटमा सुटिङ गरि १५–२० मिनेटको अन्तरालमा गएकी थिइन् ।

रिपोर्टका अनुसार उनी बाथरुम गएकी थिइन् । पछि बाथरुममा मृत अवस्थामा देखिएपछि त्यहाँबाट बाहिर निकालियो । प्रहरीले उनको शव फेला पारे पनि आत्महत्या हो वा होइन भन्ने खुल्न सकेको छैन ।

प्रहरीका अनुसार प्रारम्भिक दृष्टिले यो आत्महत्या जस्तो देखिन्छ । तैपनि सबै कोणलाई ध्यानमा राखेर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *