तृणमूल कांग्रेसले ममता मन्दिरको तर्फबाट राखी बन्धन पर्व मनायो

सूर्यसेन कालोनीको ए ब्लकमा तृणमूल कांग्रेस ममता मन्दिरले राखीबन्धन पर्व मनायो। सो अवसरमा तृणमूल दार्जिलिङ जिल्ला सचिव मदन भट्टाचार्यको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। महिला सदस्यहरू जिल्ला सचिवकहाँ पुगेर सबैले राखी बाँधे ।आजको दिन मदन भट्टाचार्यले मुख्यमन्त्री ममता बनर्जी राज्यमा एकता कायम राख्न निकै सक्रिय रहेको बताउनुभयो। यसकारण पनि जातपातभन्दा माथि उठेर राखी बाँधेर सबैलाई भाइचाराको बन्धनमा बाँध्ने प्रयास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *