दुइवटा अक्सीजन कन्सट्रेटर हस्तान्तरण

लोहिया कम्पनीको चामोङ ग्रुप अफ गार्डन अधिनस्थ नागरी फार्म चियाकमानको मेडिकल टीमलाई हिन्दुस्थान युनिलिभर लिमिटेड इण्डियाले प्रदान गरेका दुइवटा अक्सिजन कन्सण्ट्रेटर आज एक कार्यक्रममाझ हस्तान्तरण गरियो । महाप्रबन्धक टीसी शर्मा, लेखा परीक्षक सौरभ दत्त, प्रबन्धक एस दर्नाल, पूर्व शिक्षक अर्जुन प्रधान, एसके बान्तवा, शिक्षक सीडी बान्तवा, एसबी राई, गोजमुमो-दुइ श्रमिक सङ्गठनका सञ्जय गिरी, गोरामुमोका सोनाम लामा, पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी, मेडिकल प्रभारी भानु खवास, अफिस स्टाफ तथा अन्यको विशेष उपस्थितिमा उक्त सामाग्री बगान अधिनस्थ स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरियो आज सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक शर्माले हिन्दुस्थान युनिलिभर लिमिटेडबारे प्रकाश पार्दै नागरी फार्म चियाकमानमा उक्त कन्सण्ट्रेटर प्रदान गरिएको विषयमाथि स्पष्ट पारे । अस्पताल प्रभारी खवासले कन्सण्ट्रेटरको उपयोगितामाथि मन्तव्य व्यक्त गर्दै यसको प्रयोग विधिबारे अवगत गराए । कोभिड सङ्क्रमणको प्रभाव अवधि अक्सिजन कन्सट्रेटरको कति आवश्यकता छ भन्ने विषय अहिले महत्वपूर्ण बन्न गएको थप जनाउँदै तिनले यसबाट नागरीका सम्पूर्ण नागरिकहरूको सुरक्षामा टेवा पुग्ने बताए । सो कार्यक्रमलाई अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए|

Leave a Reply

Your email address will not be published. Required fields are marked *