देशमा सम्भावित युद्धकालीन परिस्थितिमा सर्वसाधारणलाई सजग गराउने र तयारीको सन्देश पुर्या उने उद्देश्यले सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूको पहलमा सिलगढ़ीको प्रधान नगरस्थित एउटा विद्यालयमा विशेष प्रशिक्षण कार्यशाला आयोजना गरिएको छ। यो कार्यशाला प्रधाननगर स्कूलको मैदानमा सम्पन्न भयो जहाँ विभिन्न विद्यालयबाट सयौँ विद्यार्थीहरूले सहभागिता जनाए। यस प्रशिक्षणमा विद्यार्थीहरूलाई युद्धकालीन अवस्थामा कसरी आफ्नो सुरक्षा सुनिश्चित गर्ने, आपतकालीन अवस्थामा कहाँ र कसरी आश्रय लिने, आगलागी हुँदा कसरी निभाउने, प्राथमिक उपचारका तरिका साथै अफवाह वा झुटा सूचनाबाट आफू र अरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा प्रशिक्षण दिइयो।
यस अवसरमा केवल सैनिकहरू होइनन् तर देशका हरेक नागरिकले केही आधारभूत तयारीको जानकारी राख्नुपर्ने बताइयो। विद्यार्थीहरू सानै उमेरदेखि यस्ता विषयप्रति सजग होउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको पनि बताइयो।
युद्धकालीन परिस्थितिमा विद्यार्थीहरूलाई प्रशिक्षण
