सेवक नजिकै पहिरोका कारण आवागमन प्रभावित भएको छ

सिलगढी (न्युज एशिया):  उत्तर बङ्गालका पहाडी क्षेत्रमा वर्षाका कारण बारम्बार पहिरो खसेको खबर आएको छ । जसका कारण पर्यटक लगायत सर्वसाधारणले बारम्बार समस्या भोग्नु परेको छ ।

सोमबार बिहान सेवकबाट डुअर्स जाने बाटोमा मङ्पु नजिकै ठूलो पहिरो खसेपछि पर्यटक लामो समय अलपत्र परेका थिए ।

सूचना पाएलगत्तै सार्वजनिक निर्माण विभागले बुलडोजरको सहायताले पहिरो हटाउने काम सुरु गरेको थियो ।पहिरोका कारण सो सडकमा करिब एकदेखि डेढ घण्टा यातायात अवरुद्ध भएको बताइएको छ ।