प्रिमियम एसयूभीको भारतीय बजारमा आफ्नो प्रभावशाली उपस्थितिलाई अझ दह्रो बनाउँदै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज टोयोटा फर्च्युनर र लिजेण्डरको मोठ बिक्री 3 लाख युनिट पुगेको माइलखुट्टी उपलब्धिको घोषणा गरेको छ। यस उपलब्धिले यी प्रिमियम एसयूभीहरूको अतुलनीय लोकप्रियतालाई मात्र होइन टोयोटाको शक्तिशाली प्रदर्शन साथै भरपर्दो विश्वासनीयता प्रदान गर्ने प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ। 2009 मा डेब्यू भएदेखि नै टोयोटा फर्च्युनर एसयूभी सेगमेण्टमा एक मापदण्डको रूपमा स्थापित भएको छ। यसले कठोर मजबुतीसित परिष्कृत प्रदर्शनलाई सहज रूपमा संयोजन गरेको छ। 2.8 लिटरको शक्तिशाली डिजल इञ्जिनले 204 जीएस पावर अनि 500 एनएम टर्क उत्पन्न गर्ने फर्च्युनर मूलतः अफ-रोड क्षमताका लागि परिचित छ। यसले साहसिक यात्राका प्रेमी र ड्राइभिङ उत्साहीहरूका लागि उपयुक्त विकल्प बनाउँदछ। टोयोटाको प्रमाणित ल्याडर-फ्रेम संरचना र अत्याधुनिक 4×4 क्षमताले गर्दा यो सधैँ विश्वासिलो यात्रा साथी बन्दछ चाहे उकाली-ओह्राली भूभागको चुनौती होस् वा राजमार्गमा यात्रा गर्दा होस्।
टोयोटा फर्च्युनरलाई केवल प्रदर्शनका लागि होइन तर एक कथन निर्माणका लागि पनि निर्माण गरिएको हो। यसको बोल्ड, मस्कुलिन रूप, उच्च ग्राउण्ड क्लियरेन्स र कमाण्डिङ ड्राइभिङ पोजिशनले हरेक सड़कमा यसको शक्ति झल्किन्छ। जब सड़कमा आउँछ फर्च्युनर झुकेको हुँदैन बरु यसले राज चलाउँछ। यसको स्कल्पटेड एक्स्टेरियर लाइन, सिग्नेचर एलईडी लाइटिङ अनि परिष्कृत प्रिमियम इण्टेरियरहरूले एक यस्तो गाड़ी प्रस्तुत गर्दछन् जुन उद्देश्यसहितको उपस्थितिको खोजी गर्नेहरूका लागि तयार गरिएको हुन्छ अनि यो एक प्रेरणादायी जीवनशैलीको प्रतीक बन्दछ। 2021 मा प्रस्तुत गरिएको लिजेण्डरले विशेष गरी आधुनिक शहरिया चालकहरूका लागि त्यसै विरासतलाई अझ विलासी र फिचरले भरिपूर्ण अनुभवमार्फत अगाड़ि बढ़ाइरहेको छ। डुअल टोन स्टाइलिङ जस्तो विशेषता, सिक्वेन्सियल एलईडी टर्न इण्डिकेटर, वायरलेस चार्जिङ अनि 11 स्पिकरसहितको जेबीएल अडियो सिस्टममार्फत लिजेण्डरले अझ परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको उन्नत 4×4 क्षमताले गर्दा यो अफ-रोड र शहर दुवैका लागि उत्तम विकल्प बनेको छ।
फर्च्युनर र लिजेण्डरलाई विशेष बनाउने तत्त्वहरूमा यसको अतुलनीय विश्वासनीयता, बलियो रिसेल भेल्यु र लो कस्ट ओनरशिप जस्ता गुणहरूले टोयोटाको भरोसायोग्य ब्राण्ड प्रतिबद्धतामा गहिरोसित जरा गाड़ेका छन्। माइलखुट्टी उपलब्धिमाथि टिप्पणी गर्दै टोयोटा किर्लोस्कर मोटरका सेल्स-सर्भिस-युज्ड कार बिजिनेसका भाइस प्रेसिडेण्ट श्री वरिन्दर वाध्वाले भने, “हाम्रो ब्राण्डमा अटुट विश्वास राख्दै फर्च्युनर र लिजेण्डरप्रेमी सम्पूर्ण भारतीय ग्राहकहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। 3 लाख युनिट बिक्रीको यस उल्लेखनीय माइलस्टोन उपलब्धिको उत्सव मनाउने क्रममा हामी गौरवान्वित छौँ। प्रिमियम, प्रदर्शन र विश्वासनीयताको सन्तुलन खोज्ने एसयूभी प्रेमीहरूको फर्च्युनर र लिजेण्डर पहिलो रोजाइ बनेका छन्। चाहे शहरका सड़कहरूमा होस् वा चुनौतीपूर्ण यात्राहरूमा यसले बलियो शक्ति र प्रिमियम अनुभूति एकसाथ दिन्छ। टोयोटाको प्रसिद्ध क्यूडीआर (क्वालिटी, ड्युराबिलिटी एण्ड रिलायबिलिटी) दर्शनमा आधारित यी गाड़ीहरू हाम्रो इञ्जिनियरिङ र उत्पाद उत्कृष्टताको वास्तविक प्रतीक हुन्। यी सिद्धान्तहरूले टोयोटालाई केवल दीर्घायु गाड़ी उत्पादन गर्ने होइन स्थायी प्रदर्शन र मूल्य कायम राख्ने ब्राण्डको रूपमा वैश्विक प्रतिष्ठा दिलाएका छन्। यसले अन्ततः सम्पूर्ण ग्राहकहरूलाई खुशी ल्याएको छ।”