टोयोटा किर्लोस्कर मोटरद्वारा फर्च्युनर र लिजेण्डर नियो ड्राइभ 48 भी भेरियण्टहरूको लञ्च

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज फर्च्युनर र लिजेण्डरलाई नयाँ नियो ड्राइभ अवतार अर्थात ग्रेडमा प्रस्तुत गरिएको घोषणा गरेको छ। उन्नत 48-भोल्ट सिस्टमले सुसज्जित यी नयाँ नियो ड्राइभ भेरियण्टहरूले इन्धन दक्षता, ड्राइभिङ प्रदर्शन र आराममा उल्लेखनीय सुधारसहित शहर तथा अफ-रोड दुवै अवस्थामा अझ परिष्कृत अनुभव प्रदान गर्छन्। सन् 2009 मा आरम्भ गरिएदेखि नै टोयोटा फर्च्युनरले प्रिमियम एसयूभी सेग्मेण्टमा उच्च मापदण्ड स्थापित गर्दै आइरहेको छ। यसको दमदार डिजाइन, शक्तिशाली प्रदर्शन र सबै प्रकारका बाटोमा चल्न सक्ने अतुलनीय क्षमताका लागि टोयोटा फर्च्युनर चर्चित छ। धेरै वर्षदेखि यस एसयूभीले शहरी साहसी यात्रीहरूदेखि लिएर हार्डकोर अफ-रोड प्रेमीहरूसम्म दह्रो र विश्वासिलो ग्राहकवर्ग बनाएको छ। यसको स्टाइलिश र सुविधायुक्त समकक्ष लिजेण्डरसित मिलेर फर्च्युनरले टोयोटाको गुणस्तर, स्थायीत्व, विश्वासनीयता र ग्राहक-केन्द्रित नवप्रवर्तनमा अथक ध्यान केन्द्रित गर्ने मूल मान्यताहरूलाई मूर्त रूप दिन्छ। टोयोटा फर्च्युनर र लिजेण्डर नियो ड्राइभ 48भी भेरियण्टको लञ्चबारे बोल्दै सेल्स-सर्भिस-युज्ड कार बिजिनेसका भाइस प्रेसिडेण्ट श्री वरिन्दर वाधवाले भने, “भारतको एसयूभी बजार विस्तार हुँदै जाँदा ग्राहकहरूले प्रविधियुक्त सुविधा र फरक पहिचान खोजिरहेका छन्। फर्च्युनर र लिजेण्डर दुवैले आफ्नो दमदार डिजाइन, शक्तिशाली प्रदर्शन र व्यापक फिचरहरूमार्फत यी अपेक्षाहरू पूरा गरिरहेका छन् अनि यसले विभिन्न ग्राहकहरूको आवश्यकतासित निर्वाध रूपमा पूरा गर्छन्।

अब दुवै मोडलमा नयाँ नियो ड्राइभ 48 भी ग्रेडको प्रस्तुतिले हाम्रो यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ। सेग्मेण्टमै पहिलो यसले विकसित हुँदै गइरहेको ग्राहक जीवन शैलीसित मिल्ने अझ उन्नत कारहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ। व्यावहारिक, भविष्यमैत्री मोबिलिटी समाधानहरूमार्फत हामी ग्राहक मूल्य बढ़ाउने र दिगो भविष्य निर्माणमा अर्थपूर्ण योगदान गर्न प्रयासरत छौँ।” नयाँ 48भी प्रविधि – इन्धन वचत र न्यून उत्सर्जन लक्ष्यका साथ नियो ड्राइभ भेरियण्टहरू टोयोटाको शक्तिशाली 2.8 लिटर, 4-सिलिण्डर टर्बो-डिजल इञ्जिनसित अब 48-भोल्ट सिस्टमसहित उपलब्ध छन् जसमा बेल्ट-इन्ग्रेटेड स्टार्टर जेनेरेटर र लिथियम-आयन ब्याट्री समावेश छ। यस हाइब्रिड असिस्टले स्मूथर लो-एण्ड एक्सेलेरेशन, कम आवाजमा सञ्चालन र इम्प्रुभ्ड एफिशियन्सी प्रदान गर्छ।

हाइब्रिड इलेक्ट्रिक प्रणालीको एउटा विशेषतासित मिल्दोजुल्दो रूपमा ब्रेक लगाउँदा ब्याट्री चार्ज हुन्छ। यसले अन्यथा नष्ट हुने ब्रेकिङ ऊर्जालाई कुशलतापूर्वक पुनः प्रयोग गर्दछ साथै अतिरिक्त ब्रेकिङ क्षमतासमेत प्रदान गर्छ। नयाँ स्मार्ट आइडल स्टार्ट-स्टप फङ्शनले गाड़ी रोकिएको बेला इञ्जिन बन्द गरेर इन्धनको खपत अझ घटाउँछ र उत्सर्जन न्यूनीकरण गर्दछ। त्यससितै सुधारिएको कार्यक्षमता र ड्राइभिङ प्रदर्शनले पेलोड क्षमता, उत्कृष्ट टिकाउपन तथा दमदार अफ-रोड प्रदर्शनमा कुनै सम्झौता नगरी विभिन्न आवश्यकताहरूमा शक्तिशाली गतिशीलता प्रदायक बनाउने सुनिश्चित गर्छ। साथै मल्टी-टरैन सेलेक्ट प्रणालीले विभिन्न भू-भागहरूमा इञ्जिनको थ्रोटल, ब्रेकिङ र ट्र्याक्शन कण्ट्रोललाई स्मार्ट तरिकाले समायोजन गरी प्रदर्शनलाई अधिकतम बनाउँछ।

By Business Bureau