टोयोटा किर्लोस्कर मोटरद्वारा इण्डिया इनर्जी वीक 2025 मा दिगो गतिशीलता प्रस्तुत

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले इण्डिया इनर्जी वीक 2025 मा भाग लिँदै दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याटएको छ। यस कार्यक्रममा भारतको ऊर्जा स्वाधीनता 2047 र नेट-शून्य उत्सर्जन 2070 लक्ष्यप्रति कम्पनीको योगदानलाई उजागर गरिएको थियो। फरवरी 11 देखि 14 सम्म चलेको यो कार्यक्रम सफा ऊर्जाका समाधान र प्रवृत्तिहरू छलफल गर्ने महत्त्वपूर्ण मञ्च रह्यो।

टीकेएमले विभिन्न वैकल्पिक ऊर्जा स्रोतमा आधारित गाड़ीहरू प्रदर्शन गर्योन, जस्तै स्ट्रङ हाइब्रिड इलेक्ट्रिक भेहिकल (एसएचईभी) इनोभा हाइक्रस, फ्लेक्स-फ्युल प्लग-इन हाइब्रिड इलेक्ट्रिक भेइकल (एफएफभी-पीएचईभी) को प्रोटोटाइप र फ्युल सेल इलेक्ट्रिक भेइकल (एफसीईभी) मिराई। कम्पनीले स्वदेशी हरित ऊर्जाको महत्त्व र जैविक इन्धन (इथानोल) को सम्भावनाबारे प्रकाश पार्दै खनिज इन्धनमाथि निर्भरता घटाउन यसको उपयोगिताबारे उल्लेख गर्योय।

टीकेएमका कण्ट्री हेड श्री विक्रम गुलाटीले भने, “इण्डिया इनर्जी वीकले सफा ऊर्जा र दिगो गतिशीलताबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्छ।” टीकेएमले आफ्नो उत्पादन केन्द्रहरूमा 100% नवीकरणीय ऊर्जा प्रयोग गर्दै कार्बन-डाई-अक्साइड उत्सर्जनमा ठूलो कटौती गरिसकेको छ। साथै स्थानीय आपूर्ति शृङ्खला सुदृढ़ पार्न र श्रमिक विकासमाथि कम्पनी केन्द्रित रहेको छ। यस कार्यक्रमले सफा ऊर्जा प्रविधिको प्रवर्द्धनमा उद्योग र सरकारबीच आवश्यक सहकार्यलाई औँल्याउँछ जसले भारतको आर्थिक वृद्धि र परिवेशको दिगोपनमा सहयोग पुऱ्र्याउनेछ।

By Business Bureau