टोयोटा किर्लोस्कर मोटरद्वारा सिलगढ़ीमा हाइलक्स ब्ल्याक एडिशनको प्रदर्शन

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले पश्चिम बङ्गालको सिलगढ़ीस्थित टपसेल टोयोटामा नयाँ हाइलक्स ब्ल्याक एडिशन प्रदर्शन गरेको छ। पूर्वोत्तर भारतका साहसिक यात्रारत र शहरी अन्वेषकहरूलाई लक्षित गर्दै यस ब्ल्याक एडिशनले बोल्ड प्रस्तुति दिएको छ। अत्यधिक मजबुती र भरपर्दोपनका लागि परिचित हाइलक्स अब एक आक्रामक अल–ब्ल्याक भर्सनमा प्रस्तुत गरिएको छ जसले दुर्गम प्रदर्शन र प्रिमियम परिष्कृततालाई संयोजन गर्छ। 2.8 लिटर फोर-सिलिण्डर टर्बो-डिजल इञ्जिनद्वारा सञ्चालित यसमा 500 एनएम टर्क छ, जससँगै 6-स्पीड अटोमेटिक ट्रान्समिशन रहेको छ। यस संस्करणमा 700 एमएम वाटर वेडिङ क्षमता, 4×4 ड्राइभट्रेन र 7 वटा एसआरएस एयरब्याग, भेहिकल स्ट्याबिलिटी कण्ट्रोल, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक र हिल / डाउनहिल असिस्ट कण्ट्रोल जस्ता उन्नत सुरक्षा फिचरहरू उपलब्ध छन्।

डिजाइनमा पनि व्यापक सुधार गरिएको छ जसमा ब्ल्याक फ्रण्ट ग्रिल, 18-इञ्च ब्ल्याक अलोय ह्वील, पछाड़ि तानिएको एलईडी हेडलाइट र साइड मिरर, ह्याण्डल र फेण्डरहरूमा कालो रङ्गको समायोजन गरिएको छ जसले वाहनलाई एकरूप, सशक्त लुक दिन्छ। सुविधामा प्रिमियम लेदर अपहोल्ट्रेरी, डुअल-जोन क्लाइमेट कण्टोरल, एण्ड्रोइड अटो/एप्पल कारप्लेसहितको 8-इञ्च इन्फोटेन्मेण्ट सिस्टम, इलेक्ट्रोक्रोमिक रियर-भ्यु मिरर र 8 वे एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट समावेश छन्। रु. 37.90 लाख (एक्स-शोरूम, प्यान-इण्डिया) मूल्यमा उपलब्ध यस गाड़ीको बुकिङ अब भारतभरिका टोयोटा डिलरशिपहरूमा खुल्ला गरिएको छ। उद्घाटन कार्यक्रममा टीकेएमका इष्ट रिजियनका भाइस प्रेसिडेण्ट श्री अरुण जी. नायर, प्रख्यात व्यवसायी श्री रवीन्द्रकुमार जैन र टपसेल टोयोटाका श्री अमित मनकतलाले उपस्थित भई जीवनशैलीमा केन्द्रित उपभोक्ताहरूका लागि यस वाहनको आकर्षणबारे चर्चा गरे।

हाइलक्स ब्ल्याक एडिशनले टोयोटाको पूर्वोत्तर भारतमा प्रतिबद्धता पुनः पुष्टि गर्दै सबै प्रकारका भू–भाग र जीवनशैलीका लागि सशक्त, क्षमतायुक्त र विलासी विकल्प प्रदान गरेको छ।

By Business Bureau