विश्वले वर्ल्ड फरेष्ट डे र वर्ल्ड वाटर डे मनाइरहेको बेला टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले पर्यावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ जसले विश्वव्यापी टोयोटा इन्भाइरोमेण्टल च्यालेञ्ज 2050 (टीईसी 2050) लाई मूर्त रूप दिएको छ। यस चुनौतीमा छवटा दूरदर्शी लक्ष्यहरू छन्- शून्य पर्यावरणीय प्रभावभन्दा पर जाने र शुद्ध सकारात्मक प्रभाव प्राप्त गर्ने जसमा पानीको प्रयोगलाई न्यूनीकरण र अनुकूलन गर्ने साथै प्रकृतिसित प्रतिकूल भावी समाजको स्थापना सामेल छन्।
सन् 2015 मा आरम्भ भएदेखि टोयोटा इन्भाइरोमेण्टल च्यालेञ्ज 2050 ले कम्पनीका दिगो पहलहरूलाई मार्गदर्शन गर्दै आइरहेको छ जसले पृथ्वीको पारिस्थितिकी प्रणालीको पुनर्स्थापनामा सकारात्मक योगदान पुर्या्उँछ। यसले कार्बन उत्सर्जन, स्रोतको ह्रास, पानीको अभाव र जैविक विविधताको क्षति जस्ता जटिल चुनौतीहरूलाई सम्पूर्ण मूल्य शृङ्खलामा सम्बोधन गर्दछ। टीकेएमको प्रतिबद्धताको केन्द्रमा ग्रह सम्मानको गहिरो दर्शन छ जसले पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्दै पारिस्थितिकी प्रणाली र स्थानीय समुदायहरूलाई समृद्ध बनाउने कम्पनीका प्रयासहरूलाई प्रेरित गर्छ।
यस दिशामा पानीलाई अमूल्य र साझा स्रोतको रूपमा पहिचान गर्दै टोयोटा किर्लोस्कर मोटरले आफ्नो प्लाण्ट सुविधामा पानीको प्रयोग अनुकूलन गर्न ‘4आर’- न्यूनीकरण, पुनःप्रयोग, पुनर्चक्रण र पुनर्भरण (रिड्युस, रियुज, रिसाइकल अनि रिचार्ज) रणनीति अपनाउँछ। टीकेएमको उत्पादनका लागि आवश्यक पानीको मोठ मागको प्रभावशाली 89.3% पुनर्चक्रित पानी र वर्षाको पानी सङ्कलनबाट आपूर्ति हुन्छ। 51000 घनमिटर भण्डारण क्षमताको वर्षाको पानी सङ्कलन गर्ने पोखरी र 18 भूजल पुनर्भरण खाड़लहरूसहित टीकेएमले आफ्नो परिसरभित्र वार्षिक रूपमा भूजल स्तरलाई निरन्तर उकास्छ। अत्याधुनिक फोहोर पानी प्रशोधन प्लाण्टले एमबीआर र आरओ जस्ता उन्नत प्रविधिहरू प्रयोग गरी 60% सम्म फोहोर पानी पुनर्चक्रण गर्छ जसलाई औद्योगिक र बगैँचा प्रयोजनका लागि प्रयोग गरिन्छ। साथै भूजल स्तरको निगरानीले स्पष्ट लाभ देखाउँछ: प्री-मनसून (मई-जून 2022) मा 25.8 फिट रहेको भूजल स्तर मनसूनपछि (नोभेम्बर-दिसम्बरमा) उल्लेखनीय रूपमा सुधार भएर 16.1 फिट पुगेको थियो। यी पहलहरूले टीकेएमलाई शून्य तरल निर्वहन प्लाण्ट बन्ने दिशामा अग्रसर गराउँदै पानीको सकारात्मकतातर्फ उन्मुख गराउँछ।
जैविक विविधता संरक्षणप्रति प्रतिबद्ध टीकेएमले व्यापक वृक्षरोपणको पहलहरूलाई सक्रिय रूपमा समर्थन गर्दछ। टोयोटा ग्रीन वेभ प्रोजेक्टमार्फत टीकेएमले सन् 2009 देखि आफ्नो परिसरमा 328000 भन्दा अधिक बिरुवाहरू रोपेको छ जसले 790 भन्दा अधिक प्रजातिका वनस्पति र 410 प्रजातिका जीवजन्तु भएको पारिस्थितिकी प्रणालीलाई पोषण गरेको छ। मियावाकी अवधारणाको वृक्षरोपण पद्धति अनुसरण गर्दै टीकेएमले जम्मा 4826.69 टन उल्लेखनीय कार्बन अवशोषण हासिल गरेको छ। मियावाकी वृक्षरोपणले प्रति ऐकर 30.86 टन कार्बन अवशोषण गरेको छ भने परम्परागत रोपण पद्धतिमा प्रति ऐकर कार्बन अवशोषण केवल 8.45 टन हुन्छ। आफ्नो विचार साझा गर्दै टोयोटा किर्लोस्कर मोटरमा म्यानुफ्याक्चरिङका एक्जिक्युटिभ भाइस प्रेसिडेण्ट अनि डाइरेक्टर श्री बी. पद्मनाभले भने, “हाम्रा लागि दिगोपन हाम्रो व्यवसायको प्रत्येक पक्षसित गहिरोसित जोड़िएको छ। भारतमा हाम्रो सफल सञ्चालनको 26 उल्लेखनीय वर्षहरूमा हाम्रो यात्रा सधैँ नवप्रवर्तन, कर्पोरेट जिम्मावारी र समुदायहरूसित अर्थपूर्ण सम्बन्धमार्फत दिगो मूल्य सिर्जना गर्ने प्रतिबद्धताले सञ्चालित भएको छ। टीईसी 2050 द्वारा मार्गदर्शित हामी केवल हाम्रा प्लाण्ट सञ्चालनमा मात्र नभई सम्पूर्ण मूल्य शृङ्खलामा अग्रणी दिगोपन अभ्यासहरू एकीकृत गर्दछौँ जसले समाजमा वास्तविक परिवर्तन हुन्छ। हाम्रो दृष्टिकोण स्पष्ट छ, यस्तो भविष्य निर्माण गर्नुपर्छ जहाँ दिगोपन अनि कल्याण एक साथ फस्टाउन सकून्, जीवन समृद्ध बनोस् अनि हाम्रो ग्रहको संरक्षण होस्। हामीले पारेको प्रभावमा हामी गर्व गर्दछौँ अनि दिगो, स्थायी परिवर्तन ल्याउन प्रतिबद्ध छौँ। सबैका लागि उज्जवल, सुखी भविष्य निर्माण गर्दै हाम्रो काम जारी रहनेछ।”