उच्च प्रदर्शन, साहसिक र स्टाइलिस एसयूभीको बढ्दो मागलाई सम्बोधन गर्दै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज टोयोटा लेजेण्डर 4X4 को म्यानुअल ट्रान्समिसन (एमटी) भेरिएण्ट प्रस्तुत गरेको छ। रोमाञ्चक ड्राइभिङ मन पराउनेहरूका लागि डिजाइन गरिएको यस नयाँ भेरिएण्टले शक्ति, विलासिता र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन गर्दै अझ बढ़ी नियन्त्रण र संलग्नता सुनिश्चित गर्दछ। कुनै पनि भू-भागमा प्रभुत्व जमाउन निर्माण गरिएको लेजेण्डरले सन् 2021 मा भारतमा आफ्नो डेब्यु गरेको थियो। यसको उन्नत 4X4 क्षमताले यसलाई अफ-रोड रोमाञ्चक यात्राहरूका लागि उपयुक्त बनाउँछ। लेजेण्डर 4X4 एमटीको मुटुमा प्रसिद्ध 2.8 लिटर डिजल इञ्जिन छ जुन अद्वितीय शक्ति डेलिभरीका लागि डिजाइन गरिएको हो। यस पावरट्रेनले 204 पीएस शक्ति र 420 एनएम टर्क उत्पादन गर्छ जसले पूर्ण नियन्त्रण मन पराउने चालकहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ।
6-स्पीड म्यानुअल ट्रान्समिसनले उच्च सटीकता प्रदान गर्छ जसले चुनौतीपूर्ण भू-भागहरू सहजै पार गर्न सहयोग गर्छ साथै गियर परिवर्तनको रोमाञ्चक अनुभव पनि दिन्छ। टोयोटाको उन्नत 4X4 प्रविधिले चालकहरूलाई विभिन्न भू-भागहरू सजिलै पार गर्न सहयोग गर्छ जसले लेजेण्डरलाई शहरी तथा अफ-रोड दुवै यात्राका लागि आदर्श साथी बनाउँछ। टोयोटा लेजेण्डर 4X4 एमटी प्रस्तुतिको अवसरमा सेल्स-सर्भिस-युज्ड कार बिजिनेसका भाइस प्रेसिडेण्ट श्री वरिन्दर वाधवाले भने, “टोयोटा लेजेण्डरको नयाँ ग्रेड प्रस्तुत गर्न पाउँदा हामी रोमाञ्चित छौँ जुन विशेष रूपमा हाम्रा सम्मानित ग्राहकहरूको परिवर्तनशील माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न डिजाइन गरिएको छ। यस नयाँ एमटी भेरिएण्टले लेजेण्डरको लोकप्रियतालाई अझ बढ़ाउने मात्र होइन आजको ग्राहकका बहुमुखी आवश्यकताहरू पूरा गर्ने टोयोटाको प्रतिबद्धतालाई पनि सशक्त बनाउनेछ। हामी विश्वस्त छौँ कि हामी बजारमा एउटा महत्त्वपूर्ण खाली स्थान भरिरहेका छौँ जसले प्रिमियम एसयूभीको उत्कृष्टताको नयाँ सीमा तोक्छ र प्रत्येक यात्रा अझ रोमाञ्चक, संलग्नतापूर्ण र भारतीय ग्राहकहरूको अपेक्षाअनुसार बनाउँछ।”
यसको डिजाइन दर्शनले गतिशील सड़कको उपस्थितिसितै भविष्यको सौन्दर्यतालाई संयोजन गर्दछ। क्याटाम्यारान-प्रेरित अघिल्तिर र पछिल्तिरका बम्परहरू, पियानो ब्ल्याक एक्सेण्टसहितको शार्प र स्लीक ग्रिल साथै स्प्लिट क्वाड-एलईडी हेडलाइटहरू जसमा वाटरफोल एलईडी लाइन गाइड हस्ताक्षर छ। यसले एसयूभीलाई थप आधुनिक र गतिशील बनाउँछ। सिकेन्सियल टर्न इण्डिकेटरहरूले एसयूभीको स्टाइलिश अपीललाई थप आकर्षक बनाउँछन्। 18 इञ्चको मल्टी-लेयर्ड मेसिन-कट एल्योय ह्वीलमा सुसज्जित लेजेण्डरले सड़कमा बलियो र दमदार उपस्थिति देखाउँछ।
लेजेण्डर 4X4 एमटीको बुकिङ अब खुल्ला छ। ग्राहकहरूले आफ्नो नजिकको टोयोटा डिलरशिपमा गई अथवा अनलाइन टोयोटा भारत वेबसाइटमार्फत बुक गर्न सक्नेछन् – https://www.toyotabharat.com/showroom/fortuner/index-legender.html