टोयोटा किर्लोस्कर मोटर लैङ्गिक समानता र सशक्तिकरणप्रति नयाँ प्रतिबद्धताका साथ महिला समानता दिवस पालन गर्दै

अगस्ट २६ मा महिला समानता दिवसलाई मान्यता प्रदान गर्दै, टोयोटा किर्लोस्कर मोटर (टीकेएम) आफ्नो कार्यबलभित्र र बाहिर लैङ्गिक समानतालाई अगाडि बढाउन र महिलाहरूलाई सशक्तिकरण गर्न आफ्नो दृढ प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ।  संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एसडीजी), विशेष गरी एसडीजी ५ (लैङ्गिक समानता) र एसडीजी ८ (सभ्य कार्य र आर्थिक वृद्धि) सँग तालमेल गर्दै, टीकेएमले समावेशी र विविध कार्यस्थललाई प्रवर्द्धन गर्ने उद्देश्यले परिवर्तनकारी उपायहरूको श्रृंखला आरम्भ गरेको छ। आफ्नो दीर्घकालीन दृष्टिकोणको एक अंशको रूपमा, टीकेएमले २०३० सम्ममा आफ्नो कार्यबलमा महिलाहरूको प्रतिनिधित्वलाई ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। यस लक्ष्यलाई प्राप्त गर्नका लागि टीकेएमले शसक्त विविधता, समानता र समावेशिकरण (डीईआई) पहलहरूको एउटा श्रृंखला शुरू गरेको छ जसमा डीईआईलाई समर्पित एक केन्द्रित वरिष्ठ स्तरको टोली गठन, उद्योगहरूमा व्यापक मानक र अन्तर्राष्ट्रीय श्रम संगठनको २०३० निर्माणको निम्ति महिलाहरूलाई अधिक अवसरको एजेन्डासित पंक्तिबद्ध गर्नु सामेल छ।  १३ मार्च, २०२४‌ मा, टीकेएमले आफ्नो प्रथम ब्याचका ५५ जना महिला पर्यवेक्षकहरूको क्यापिंग समारोहसितै एक महत्वपूर्ण माइलखुट्टी हासिल गर्यो र १६० नयाँ महिला टोली सदस्यहरूको‌ सामेलीसितै, कम्पनीमा महिलाहरूको कुल संख्या ४५० भन्दा अधिक‌ बन्यो। कम्पनीको आगामी लक्ष्य वर्षको अन्तसम्म सदस्य संख्यालाई बढाएर ८५० भन्दा अधिक बनाउनु‌‌ हो।

टीकेएमले लैङ्गिक विविधता प्रवर्द्धनका लागि उत्कृष्ट अभ्यासहरूको विवरणसहित लैङ्गिक विविधता मानक सञ्चालन प्रक्रिया पुस्तिका पनि आरम्भ गरेको छ। अचेतन पूर्वाग्रह सर्वेक्षण र “संवर्धना” संवेदीकरण कार्यक्रम सहित यी प्रयासहरूले एक सहायक, समावेशी पारिस्थितिकी तन्त्र तयार गर्नका लागि टीकेएमको समग्र दृष्टिकोणलाई रेखांकित गर्दछन् जसले महिलाहरूलाई सशक्त गर्नसाथै यसको कार्यबलको समग्र गुणवत्ता र प्रतिस्पर्धात्मकतालाई पनि वृद्धि गर्दछ। यस अवसरमा बोल्दै टोयोटा किर्लोस्कर मोटरका कार्यकारी उपाध्यक्ष, वित्त र प्रशासन श्री जी शंकरले भने, “हामी विश्वास गर्छौं कि टोयोटा किर्लोस्कर मोटरमा  लैङ्गिक समानता लक्ष्य मात्र होइन, तर हाम्रो सफलता र दिगोपनको महत्वपूर्ण संवाहक पनि हो। समावेशी र विविध कार्यस्थललाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धता हाम्रो संगठनात्मक मूल्यहरूमा गहिरो रूपमा सम्मिलित छ र हामी हाम्रो कार्यबलभित्र महिलाहरूलाई सशक्तिकरण गर्न महत्त्वपूर्ण कदम चाल्न पाउँदा गर्वित छौं। महत्वाकांक्षी लक्ष्यहरू निर्धारित गरेर  तथा आवश्यक पूर्वाधार र प्रशिक्षण कार्यक्रमहरूमा निवेश गरेर हामीले लैङ्गिक विविधतालाई मात्र होइन, प्रत्येक व्यक्तिले फस्टाउन सक्ने कार्य वातावरण पनि सिर्जना गर्दैछौं। महिला समानता दिवस मनाउने क्रममा हामी समान अवसरहरू सिर्जना गर्न र सबैका लागि थप समानतापूर्ण भविष्यको लागि मार्ग प्रशस्त गर्ने हाम्रो समर्पणलाई पुन: पुष्टि गर्छौं।”

लैंगिक विविधता प्रति टीकेएमको प्रतिबद्धता यसका प्रशिक्षण कार्यक्रमहरूको विस्तारद्वारा अझ बढी स्पष्ट हुन्छ।‌ टोयोटा टेक्निकल ट्रेनिंग इंस्टीट्यूट (टीटीटीआई) मा तीन सालको आवासीय पाठ्यक्रममा अब प्रवेश दोब्बर भएर छात्र‌ संख्या १२०० सम्म‌ पुगेको छ जसमा ६०० जना महिला छात्रहरू छन् भने टोयोटा कौशल्या कार्यक्रममा ग्रामीण र आर्थिक रूपले वंचित छात्रहरूको‌ निम्ति दुई वर्षे  प्रशिक्षण कार्यक्रम प्रदान गरिन्छ।  यस पहललाई समर्थन गर्नका निम्ति, टीकेएमले महत्वपूर्ण आधारभूत संरचनामा निवेश गरेको छ, जसमा ६०० जना महिला छात्रहरूलाई समायोजित गर्नका‌ लागि टोयोटा टेक्निकल ट्रेनिंग इंस्टीट्यूट (टीटीटीआई) मा एउटा नयाँ छात्रावास निर्माण र उन्नत शौचालय र लकर रूमजस्ता सुरक्षा सुविधाहरू साथै अन्य सुविधाहरूमा वृद्धि समावेश गरिएका छन्।  टीकेएमले महिला समानता दिवस मनाउने क्रममा, कम्पनीले लैङ्गिक समानता र महिला सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छ। यो दृष्टिकोण संगठनको परिधिदेखि बाहिर फैलिएको छ र यसले सम्पूर्ण मूल्य श्रृंखला र समाजलाई समाहित गर्दछ। टीकेएमले के विश्वास गर्दछ भने विविधता र समावेशन कर्पोरेट दायित्वमात्र नभएर सामाजिक लाभ पनि हुन् जसले विश्व स्तरीय प्रतिभा विकास र सामूहिक खुशीमा समेत योगदान दिन्छन्। टीकेएम लक्षित पहल र कार्यक्रमहरूको माध्यमद्वारा महिलाहरूको व्यवसायिक विकास र उन्नतिलाई समर्थन गर्न समर्पित छ र उनीहरूसित आफ्नो करियरलाई अघि बढाउनका निम्ति संसाधन र अवसरहरू छन् भन्ने सुनिश्चित समेत गर्दछ।