टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज भारतको सबैभन्दा प्रतिष्ठित सांस्कृतिक उत्सवमध्ये एक हर्नबिल म्युजिक फेस्टिभलमा शीर्षक प्रायोजन मार्फत लगातार तेस्रो वर्षको लागि आफ्नो निरन्तर सम्बन्धलाई जारी राख्ने घोषणा गरेको छ। नागाल्याण्डको कोहिमा जिल्लाको नागा हेरिटेज भिलेज किसामामा आयोजना भएको यो महोत्सव दिसम्बर २ देखि दिसम्बर १० सम्म चल्छ जसमा रोमान्चक प्रदर्शनहरू हुन्छन् जसमध्ये जापानको प्रख्यात ड्रम समूह ड्रम ताओद्वारा एउटा विशेष उद्घाटन समारोह पनि समावेश छ। यो अनौठो सहकार्यले परम्परागत र समकालीन सांगीतिक अनुभवहरू सँगै ल्याउँदै गहिरो सांस्कृतिक बन्धनलाई प्रदर्शन गर्दछ। हर्नबिल म्यूजिक फेस्टिवलसँग टीकेएमको चलिरहेको साझेदारीले नागाल्याण्ड र पूर्वोत्तरका मानिसहरूसँग कम्पनीको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यसले समृद्ध सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न समर्थन गर्दछ।यस वर्ष, हर्नबिल म्युजिक फेस्टिभलको उद्घाटन टोयोटा किर्लोस्कर मोटर (टीकेएम) का वरिष्ठ नेतृत्वहरूको उपस्थितिमा गरियो जसमा टीकेएम तथा टोयोटा किर्लोस्कर अटो पार्ट्स (टीकेएपी) की उपाध्यक्ष सुश्री मानसी टाटा, टीकेएम र र लेक्ससको बिक्री, सेवा र प्रयोग गरिएका कारहरूको लागि उप-प्रबन्ध निर्देशक श्री तादाशी असाजुमा र कन्ट्री हेड र कार्यकारी उपाध्यक्ष श्री विक्रम गुलाटीको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा टीकेएमका मूल्यवान व्यापारिक सहयोगीहरू-ओकुसा टोयोटाका प्रबन्ध निर्देशक श्री वाई विखेहो स्वु; टोयोटा सुशो भारतकी प्रबन्ध निर्देशक र सीईओ सुश्री नोबुआकी याहिरो, टोयोटा सुशो इन्स्योरेन्स ब्रोकर इन्डियाका प्रबन्ध निर्देशक र सीईओ श्री ताकायुकी उएडा; सुमितोमो कर्पोरेटका कर्पोरेट अफिसर र सुमितोमो कर्पोरेशन अटोमोटिभ सेल्स एण्ड मार्केटिङ एसबीयूका महाप्रबन्धक श्री रिसुके मियाके; डेन्सो इन्टरनेशनल इन्डियाका डेपुटी प्रबन्ध निर्देशक श्री शिन्या वातानाबे र टोयोटा इन्डस्ट्रिज इन्जिन इन्डियाका प्रबन्ध संयोजक श्री केटारो असानोको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो सक्रिय सहभागिताको एक अंशको रूपमा, टीकेएमले हर्नबिल म्युजिक फेस्टिभलमा एउटा आकर्षक कार प्याभिलियन स्थापित गरेको छ जसमा इनोभा क्रिस्टा, इनोभा हाइक्रस (हाइब्रिड इलेक्ट्रिक भेहिकल), फर्च्युनर, ग्लान्जा, अर्बन क्रुजर हाइराइडर, अर्बन क्रुजर टेसर, रुमियन, क्यामरी, हिलक्स र भेलफायर लगायत विभिन्न लोकप्रिय मोडलहरू प्रदर्शन गरेको छ।
टीकेएम पूर्वोत्तरमा गहिरोसित जोड़िएको छ र यसले ग्राहकहरूको अनुभवहरूलाई अझ राम्रो बनाउन तथा आफ्नो विश्वस्तरीय उत्पादहरू र असाधारण सेवाहरूसँग क्षेत्रको अटोमोटिभ परिदृश्यलाई एउटा आकार दिने दृढ़ प्रतिबद्धता राख्दछ। वर्तमानमा टीकेएमले उत्तरपूर्वी क्षेत्रमा ३९ टचपोइन्टहरू स्थापित गरेको छ र यस क्षेत्रको बढ्दो मागलाई पूरा गर्न आफ्नो नेटवर्क विस्तार गर्न जारी राख्नेछ। यसले उत्तरपूर्वी टोयोटाका ग्राहकहरूका लागि कुशल, पहुँचयोग्य र समृद्ध स्वामित्व अनुभवहरू प्रदान गर्न कम्पनीको ग्राहक केन्द्रित फोकसलाई रेखांकित गर्दछ। हर्नबिल म्यूजिक फेस्टिवल २०२४ सँग टीकेएमको सम्बन्धको बारेमा टिप्पणी गर्दै, टोयोटा किर्लोस्कर मोटरको सेल्स-सर्भिस-युज्ड कार बिजनेसका उपाध्यक्ष श्री सबरी मनोहरले भने, “हामी लगातार तेस्रो वर्ष प्रतिष्ठित हर्नबिल म्यूजिक फेस्टिभलसित आफ्नो साझेदारी जारी राख्न रोमान्चित छौं। यस सहकार्यले नागाल्याण्डको समृद्ध सांस्कृतिक सम्पदालाई सम्मान गर्ने हाम्रो दृढ प्रतिबद्धतालाई रेखांकित गर्छ जुन क्षेत्र यसको जीवन्त परम्परा र उल्लेखनीय विविधताका लागि प्रसिद्ध छ। हर्नबिल संगीत महोत्सव केवल एक सांस्कृतिक कार्यक्रममात्र होइन; यो इतिहास, कला र संगीतको उत्सव हो जसले नागा जनजातिहरूको विशिष्ट पहिचानलाई प्रदर्शित गर्दछ अनि यसलाई भारतको सांस्कृतिक धरोहरको एउटा महत्त्वपूर्ण अंश बनाउँछ। यस मन्चले हामीलाई स्थानीय समुदायसँग बलियो सम्बन्ध बढाउनमात्र होइन, हामीलाई यस क्षेत्रका ग्राहकहरूका लागि हाम्रा उत्पादहरूको विस्तृत श्रृंखला प्रस्तुत गरेर उनीहरूको चाडपर्वमा उत्साह थप्न सक्षम बनाउँछ।”
कौशल क्षेत्रमा आफ्नो सामुदायिक विकास प्रयासहरूको एक भागको रूपमा, टीकेएमले नागाल्याण्ड, असम, मणिपुर, मेघालय, त्रिपुरा र सिक्किममा ७ संस्थानहरू स्थापना गरी यस क्षेत्रमा टोयोटा प्राविधिक शिक्षा कार्यक्रम (टी-टीईपी) लागू गरेको छ। यो कौशल पहल अटोमोटिभ स्किल्स डेभलपमेन्ट काउन्सिल (एएसडीसी) सँगको सहकार्यमा गरिएको हो, जसको उद्देश्य पूर्वोत्तरका ग्रामीण युवाहरूमा प्राविधिक सीपहरू निर्माण गर्ने हो। थप रूपमा, यो टी-टीईपी-भित्र “स्टार” (प्राविधिक शिक्षा र मान्यताको लागि छात्रवृत्ति कार्यक्रम) द्वारा पूरक बनाइएको छ जसले आर्थिकरूपमा चुनौतीपूर्ण पृष्ठभूमिका योग्य विद्यार्थीहरूलाई आर्थिक सहयोग प्रदान गर्दछ जसद्वारा उनीहरू दक्ष र रोजगार योग्य प्राविधिक बन्न विभिन्न प्राविधिक पाठ्यक्रमहरू पछ्याउन सक्षम बन्दछन्। यसतर्फ, टीकेएमले उत्तरपूर्वी क्षेत्रमा थप टी-टीईपी संस्थानहरू स्थापना गरेर कौशल पहुँच बढाउनका लागि केन्द्रित दृष्टिकोण अपनाउन जारी राख्नेछ। यी पहलहरूले युवाहरूलाई सशक्तिकरण गर्न, आर्थिक वृद्धिलाई बढावा दिन र पूर्वोत्तर र बाहिरको अटोमोटिभ क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्योग-तयार प्रतिभाको विकास गर्ने टीकेएमको प्रतिबद्धतामाथि प्रकाश पार्दछ। हर्नबिल संगीत महोत्सवको बारेमा: पर्यटन विभाग र कला र संस्कृति विभाग, नागाल्याण्ड सरकारद्वारा आयोजित हर्नबिल संगीत महोत्सव, एक जीवन्त १०-दिनको उत्सव हो जसले राज्यको समृद्ध सांस्कृतिक सम्पदालाई कला प्रदर्शनी, जीवन्त संगीत र नृत्य प्रदर्शन, परम्परागत भोजहरू र स्वदेशी खेलहरूजस्तै तीरंदाजी, नागा कुस्ती र अन्य एथलेटिक खेलहरू समावेश छन् जसले यस क्षेत्रको विशिष्ट रीति रिवाजहरूको एउटा आकर्षक र मनमोहक झलक प्रदान गर्दछन्।