टोयोटा किर्लोस्कर मोटरद्वारा ‘विश्व जैव इन्धन दिवस २०२४’ मा स्वच्छ तथा हरित वाहन गतिशीलताको समग्र दृष्टिकोणलाई प्रवर्द्धन

वैश्विक स्तरमा दिगोपनको च्याम्पियनको रूपमा, टोयोटा २०५० सम्म कार्बन तटस्थताको लागि प्रतिबद्ध छ र टोयोटा पर्यावरण चुनौतीहरू २०५० (टीईसी२०५०) द्वारा निर्देशित २०३५ सम्म विनिर्माण परिचालनमा शुद्ध शून्य कार्बन प्राप्त गर्ने लक्ष्य राख्छ। आज, विश्व जैव ईंधन दिवसको अवसरमा, टोयोटा किर्लोस्कर मोटर (टीकेएम) दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउँछ। हालको ऊर्जा मिश्रण, विशिष्ट उपभोक्ता आवश्यकताहरू, पूर्वाधारको संरचनाको तयारी र २०४७ सम्ममा ऊर्जाको क्षेत्रमा ‘आत्मानिर्भर’ बन्ने दिशामा सरकारको विविध प्रयासहरूजस्ता विभिन्न कारकहरूलाई ध्यानमा राख्दै कम्पनीले धेरै स्वच्छ प्रौद्योगिकीहरूलाई प्रस्तुत गरेर र तिनको समर्थन गरेर अधिक तत्परतासित हरित गतिशीलता समाधानहरूलाई अगाडि बढाइरहेको छ।  भारत सबैभन्दा तीव्र गतिमा बढिरहेको ठूलो अर्थतन्त्र हो। आयातसँगै देशको जीवाश्म इन्धन खपत पनि तीव्र गतिमा बढिरहेको छ, जहाँ अप्रेल २०२४ मा काँचो तेलको आयात रेकर्डको तेस्रो उच्च स्तरमा पुगेको छ। विश्वको तेस्रो सबैभन्दा ठूलो ऊर्जा उपभोक्ता भारतले अप्रेल २०२४ मा २१.४ मिलियन टन (एमटी) काँचो तेल आयात गऱ्यो र वित्त वर्ष २०२३-२४ मा कुल २३२.५ मिलियन टन काँचो तेल आयात गऱ्यो (स्रोत: अप्रेल २०२४ पीपीएसी तथ्याङ्क)। गतिशीलता आवश्यकताहरूमा ठूलो वृद्धिको कारण, यातायात क्षेत्र, जुन हाल तेलको मागको लगभग ५०% अंश हो (स्रोत: आईईए २०२१), यसमा सबैभन्दा महत्त्वपूर्ण योगदानकर्ता हुनेछ। जीवाश्म ईंधनको धेरै खपतद्लारा कार्बन उत्सर्जन पनि अधिक हुनेछ। यसैले, जीवाश्म ईन्धनबाट तत्काल टाढ़िनु अति आवश्यक छ। 

दिगो र हरित भविष्यको दिशातर्फ, विद्युतीकरण र वैकल्पिक इन्धन (जैव इन्धन) जस्तो स्वच्छ ऊर्जालाई उपयोग गर्ने प्रविधिहरूमा संक्रमण महत्त्वपूर्ण छ। सुलभ र दिगो ऊर्जाको प्राप्ति सुनिश्चित गर्न जैविक इन्धनले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले भारतलाई ऊर्जा सुरक्षा सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्ने, आर्थिक वृद्धि बढाउन र कार्बन उत्सर्जनलाई घटाएर जलवायु परिवर्तनसँग लड्ने ठूलो अवसर प्रदान गर्दछ।  भारत नवीकरणीय ऊर्जा, अतिरिक्त चिनी, खाद्यान्न, र बायोमास सम्पन्न छ जसले स्वच्छ ऊर्जा भविष्यमा संक्रमणको ठूलो अवसर प्रदान गर्दछ र यो स्वदेशी पनि हो। प्रचुर मात्रामा उपलब्ध उखु, अतिरिक्त खाद्यान्न, विशाल बायोमास फोहोरको उपयोग इथानोल बनाउन प्रयोग गर्न सकिन्छ जसले छोटो समयमा सवारी साधनहरूले प्रयोग गर्ने जीवाश्म इन्धनको महत्त्वपूर्ण मात्रालाई प्रतिस्थापन गर्नसक्छ। 

यस अतिरिक्त, भारतमा इथानोल उत्पादनको ठूलो सम्भावना छ जसले यसलाई जीवाश्म ईन्धनको लागि आर्थिकरूपमा आकर्षक विकल्प बनाउँछ र 2जी प्रौद्योगिकी मार्फत बिरूवाहरूको अपशिष्ट या अन्यथा भारतका उत्तरी भागहरूमा व्यापकरूपमा जलाएर प्रदूषण निम्ताइने परालीजस्ता अवशेषहरूको उपयोग गरेर हरित भविष्यको मार्ग प्रशस्त गर्दछ। यसको शुरूआत भईसकेको छ र यसले फोहोरबाट आर्थिक मूल्य प्राप्त गर्न र किसानहरूको आय बढाएर कृषि अर्थतन्त्रको लागि व्यापक संसाधन उत्पन्न गर्ने र नयाँ रोजगारी सिर्जना गर्नमा र नयाँ रोजगारीहरू सिर्जना गर्नमा मद्दत दिनसक्छ।अनुसन्धान तथा विकास, अनुकूल नीतिगत संरचना आदिजस्ता थप सहयोगले यातायात क्षेत्रका लागि इथानोलको निर्बाध आपूर्तिलाई सक्षम पार्नेछ।

उल्लेखनीय रूपमा, जुन २०२४ मा पेट्रोलसँग इथेनोलको मिश्रण १५.९०% पुग्यो र नोभेम्बर २०२३-जुन २०२४ को अवधिमा संचयी इथानोल मिश्रण १३.०% पुगेको थियो। जुन २०२४ सम्म ई२० ‘१४,६११’ पीएसयू (सार्वजनिक क्षेत्रको उपक्रम) आउटलेटहरूमा उपलब्ध छ र २०२५ सम्ममा २० प्रतिशत सम्मिश्रण हासिल गर्ने दिशामा अग्रसरित छ। २०२५-२६ सम्म पेट्रोलमा २० प्रतिशत इथानोल मिश्रणको कार्यान्वयनद्वारा ८६ मिलियन ब्यारेल पेट्रोल प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा भारतको लागि ३०,००० करोड़ रूपियाँभन्दा अधिकको विदेशी मुद्रा बचत हुनेछ साथै 20 मिलियन मेट्रिक टनभन्दा अधिक कार्बन उत्सर्जनमा कमी आउने सम्भावना छ। ई२० ईंधन पेट्रोलको तुलनामा पीएम २.५ उत्सर्जनलाई १४ प्रतिशतसम्म घटाउनेछ (स्रोत:एमओपीएनजी)। ई२० सम्म र त्यसभन्दा अधिकदेखि लिएर १०० प्रतिशतसम्म उच्च इथानोल उत्पादनको विशाल सम्भावनालाई ध्यानमा राख्दै फलेक्सी फ्यूल व्हीकल (एफएफवी) प्रौद्यौगिकी आउनाले यी फाइदाहरू धेरै गुणा बढ़नसक्छ, जुन २० प्रतिशत र त्यसभन्दा अधिकदेखि लिएर १०० प्रतिशतसम्म उच्च इथेनोल मिश्रणको सहज ढङ्गमा उपयोग गर्नसक्छन्। 

By Business Bureau