टोयोटा किर्लोस्कर मोटरद्वारा आसामको गुवाहाटीमा नयाँ डिलरशिप आरम्भ गर्दै पूर्वोत्तर भारतमा आफ्नो उपस्थिति विस्तार

भारतको पूर्वोत्तर क्षेत्रमा आफ्नो उपस्थिति दह्रो पार्ने दिशातर्फ महत्त्वपूर्ण कदम चाल्दै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज ऐतिहासिक शहर गुवाहाटीमा नयाँ डिलरशिप गार्ग्या टोयोटोको उद्घाटन गरेको छ। यो नयाँ सुविधा टोयोटाको पहुँच अभिवृद्धि, ग्राहक विश्वास सुदृढ़ीकरण अनि उदीयमान क्षेत्रीय बजारमा चलायमान समाधानहरूको बढ्दो मागलाई समर्थन गर्ने लक्ष्यमा केन्द्रित रहेको छ। टोयोटा किर्लोस्कर मोटरका भाइस प्रेसिडेण्ट तथा पूर्वी क्षेत्रका सेल्स, सर्भिस अनि युज्ड कारका चीफ रिप्रेजेण्टेटिभ श्री अरुण जी. नायर र गार्ग्या टोयोटाका डिलर प्रिन्सिपल श्री राहुल देव शर्माको उपस्थितिमा गार्ग्या टोयोटाको उद्घाटन सम्पन्न भयो।

आसामको एक प्रमुख आर्थिक तथा सांस्कृतिक केन्द्रको रूपमा उदीयमान गुवाहाटी नयाँ टोयोटा डिलरशिपले यस क्षेत्रभरि ग्राहकहरूको विस्तृत दायरामा सेवा गर्न तथा शहरको बढ्दो जनसङ्ख्यादेखि वरिपरिका शहरहरूलाई सेवा दिन रणनीतिक रूपमा अवस्थित छ। 5100 वर्ग फिट क्षेत्रफलमा फैलिएको यो सुविधा एक समर्पित 1एस (सेल्स) आउटलेट हो जहाँ प्रशिक्षित टोलीले टोयोटाको उत्कृष्ट बिक्री सेवा प्रदान गर्नेछ। त्यससितै आरम्भ गरिएको नयाँ गार्ग्या टोयोटामा टोयोटा यू-ट्रष्ट विशेषता पनि उपलब्ध छ जसमा पुराना गाड़ी किनबेच तथा एक्सचेञ्ज जस्ता सेवाहरू पनि उपलब्ध हुनेछन् जसले ग्राहकको सुविधा र स्वामीत्व अनुभवलाई अझ सहज बनाउन लक्ष्य राखेको छ।

नयाँ आउटलेटबाट टोयोटाका सबै मोडलहरूको बिक्री हुनेछ जसमा इन्नोभा हाइक्रस, फरच्युनर, हाइलक्स, अर्बन क्रूजर जस्ता लोकप्रिय मोडलदेखि कार्मी हाइब्रिड र भेलफायर जस्ता उच्च श्रेणीका मोडलहरूसम्म समावेश छन् अनि यो यस क्षेत्रका ग्राहकहरूमा बढ़िरहेको प्राथमिकतालाई ध्यानमा राखेर प्रस्तुत गरिएको छ।

डिलरशिप उद्घाटन समारोहमा बोल्दै गार्ग्या टोयोटाका डिलर प्रिन्सिपल श्री राहुल देव शर्माले भने, “गुवाहाटी र वरपरका क्षेत्रका लागि टोयोटाको उच्च गुणस्तर, विश्वासनीय र नवीनताको प्रतिष्ठा ल्याउन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ। यो नयाँ डिलरशिप केवल बिक्री केन्द्र मात्र होइन ग्राहकहरूसित दिगो सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो जहाँ भरपर्दो उत्पाद र उत्कृष्ट टोयोटा अनुभव प्रदान गरिनेछ। टोयोटाका प्रतिबद्ध साझेदारको रूपमा हामी ब्राण्डका मूल मूल्यहरूलाई कायम राख्न अनि प्रत्येक ग्राहक अनुभवमा उत्कृष्टता, विश्वास र सेवा सुनिश्चित गर्न समर्पित छौँ।”

नयाँ डिलरशिप उद्घाटनबारे प्रतिक्रिया दिँदै टोयोटा किर्लोस्कर मोटरका भाइस प्रेसिडेण्ट तथा पूर्वी क्षेत्रका सेल्स-सर्भिस-युज्ड कारका चीप रिप्रेजेण्टेटिभ श्री अरुण जी. नायरले भने, “पूर्वोत्तर क्षेत्र बजार विस्तार र ग्राहक चाहनाको विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त छ। टोयोटामा हामी भारतभरि सशक्त उपस्थिति विस्तार गर्दै ग्राहकहरूसित गहिरो सम्बन्ध बनाउने प्रतिबद्धतामा दृढ़ छौँ। गुवाहाटीमा यस डिलरशिपको उद्घाटन हाम्रो सोही केन्द्रित प्रयासको एक हिस्सा हो जसले हामीलाई हाम्रा मूल्यवान ग्राहकहरूसित अझ नजिक पुर्यारउँछ। विश्व स्तरीय उत्पादहरू मात्र होइन हामी विश्वास, पारदर्शिता र सुविधामूलक स्वामीत्व अनुभव पनि प्रदान गर्न निरन्तर लागिरहनेछौँ। यस नयाँ आउटलेटले यस क्षेत्रका लागि सुरक्षित, भरपर्दो र दिगो मोबिलिटी समाधान प्रदान गर्ने टोयोटाको अभियानमा उल्लेखनीय योगदान पुर्याोउने हामी विश्वस्त छौँ।”

By Business Bureau