चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वीमा फर्किएका छन्। उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो । स्पेस एक्सको इनस्पिरेसन ४ मिशनअन्तर्गत पहिलो पल्ट सर्वसाधारणलाई अन्तरिक्षमा पठाएको थियो । तीन दिनअघि उनीहरू पृथ्वीबाट उडे का थिए । समाचार संस्था भाषाको अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटर माथिसम्म पुगेका थिए । यसअघि अन्तरिक्ष यात्रीहरूमात्रै यसरी अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपल्ट सर्वसाधारण अन्तरिक्षमा गएका हुन् । उक्त क्याप्सुलमा अरबपति व्यवसायीजेएर्ड आइज्याकम्यान, फिजिशिएन असिस्टेण्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए । उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने कुरो बताएको छैन । उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताएको छ ।
Related Posts
चीनले बनाएको डालियान रेक ३ वर्षअघि कोलकातामा छिट्टै परीक्षणका लागि आएको थियो
- Editor
- June 21, 2022
- 0
चीनले बनाएको डालियान रेक – जुन कोलकातामा विगत तीन वर्ष भन्दा बढीमा आइपुगेको थियो – अपरिहार्य गति र सन्तुलन परीक्षणहरू सहन सक्ने गरी तेह्रवटा थप […]
टेक्नो ले सेग्मेन्टको पहिलो टेक्नो कैमन १८ लन्च गर्यो
- Editor
- December 31, 2021
- 0
टेक्नो ले आफ्नो क्यामेरा-सेंट्रिक टेक्नो सीरीज कैमन १८ बाट सेगमेन्टको पहिलो स्मार्ट फोन लन्च गरेको घोषणा गरेको छ। स्मार्टफोनले उच्च क्यामेरा पिक्सेल, टीएआईवीओएस टेक्नोलॉजी द्वारा […]
भारतको पहिलो 3D प्रिन्टेड हुलाक कार्यालय अब ब्यांगलुरुमा व्यापारको लागि खुला छ
- News Editor
- August 18, 2023
- 0
केन्द्रीय मन्त्री अश्विनी वैष्णव जसले रेलवे, सञ्चार, इलेक्ट्रोनिक्स र आईटी पोर्टफोलियोहरू राखेका छन्, क्याम्ब्रिज लेआउटमा 1,021 वर्ग फिट क्षेत्रमा निर्मित भारतको पहिलो 3D प्रिन्टेड हुलाक […]