मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षणहरूमध्ये एउटा हो घोड़ा सवारी। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने अधिकांश पर्यटकहरू घोड़ा सवारीतर्फ आकर्षित बनिरहेका छन्। त्यसैले अधिकांश पर्यटकहरूलाई घोड़ा सवारी गरिरहेको देखिन्छ भने यहाँका धेरै बेरोजगारहरूले घोड़ा सवारी गराएर आफ्नो जीविकोपार्जन गरिरहेका छन्। मिरिक पर्यटन केन्द्रमा अहिले 30 देखि 40 वटा घोड़ाहरू रहेका छन् भने उति नै बेरोजगारहरू यसमा संलग्न रहेर धेरथोर अर्थ आर्जन गरिरहेका छन्।
मिरिक पर्यटन केन्द्रमा पर्यटन मौसम आरम्भ भइसकेकाले घोड़ा सवारी गर्ने पर्यटकहरू दैनिक आइरहेका अनि अधिकांश पर्यटकहरूले घोड़ा सवारी गरेर मिरिक झील, हरियाली चियाबारी, सुन्तलाबारी आदिको दृश्य अवलोकन गरिरहेका घोड़ावालाहरू बताउँछन्।
दूरीअनुसार पर्यटकहरूले घोड़ा सवारीको शुल्क तिर्नुपर्ने घोड़ावालाहरूले बताउँदै पर्यटकहरूलाई घोड़ा सवारीमा सबै प्रकारको सुविधा उपलब्ध गराइने घोड़ावालाहरूले बताए। मिरिक पर्यटन केन्द्र परिसरमा हाल घोड़ा राख्ने तबेला पनि निर्माण भएको हुँदा घोड़ावालाहरूलाई घोड़ा राख्न सुविधा हुने भएको छ। मिरिक झीलको इन्द्रेणी पुल नजिगबाट घोड़ा सवारी गर्न सकिने बताइएको छ।
घोड़ा सवारीतर्फ आकर्षित बन्दै पर्यटकहरू
