आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा
