दुर्गापूजामा ममताको पनि प्रतिमा राखिने

पश्चिम बंगालमा निकै भव्य रूपमा मनाइने दुर्गापूजा वा नवरात्र महोत्सवको तयारी शुरू गरिएको छ । कोलकाताका दुर्गा प्रजा मण्डलहरूमा देवी प्रतिमासँगै मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीको पनि प्रतिमा राखिने भएको छ । भारतीय जनता पार्टीले यसमा आपत्ति जनाउँदै यसबाट हिन्दूहरूको भावनालाई अपमान भएको आरोप लगाएको छ। प्रख्यात मूर्तिकार मिन्टू पालले कुमारटूलीमा रहेको आफ्नो स्टुडियोमा फाइबरग्लासको प्रतिमा बनाएका छन्। त्यसमा ममता बनर्जीले मन पराउने सेतो सारी र चप्पल लगाएको देवीरूपी प्रतिमा बनाइएको छ ।उनले ममता देवीको हातमा शस्त्रको साटो योजनाहरूलाई दर्शाउने बताएका छन् । कन्याश्री, स्वस्थ साथी, रूपाश्री, सबुजसाथी, लक्ष्मीर भण्डार र अन्य यसबाट झल्किने उनको भनाइ छ। दुर्गा पूजाका आयोजकहरूले यसमार्फत ममता सरकारका विभिन्न योजनाको प्रचार गर्न चाहेका छन् । भाजपाले यसबाट देवी दुर्गाको अपमान भएको र ममताले हिन्दूहरूको भावनालाई आहत गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *