टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले मिजोरमको आइजलस्थित सरकारी औद्योगिक तालिम संस्थानमा आफ्नो 67औँ टोयोटा टेक्निकल एडुकेशन प्रोग्राम (टी-टीईपी) आरम्भ गरेको छ। यो पहल मिजोरम सरकार र जोत टोयोटाको सहकार्यमा आरम्भ गरिएको हो। यसमा आर्थिक रूपले विपन्न विद्यार्थीहरूको सहयोगमा नयाँ छात्रवृत्ति कार्यक्रम एसटीएआर (स्कोलरशिप प्रोग्राम फर टेक्निकल एडुकेशन एण्ड रिकग्निशन) समावेश गरिएको छ।
यस कार्यक्रमले अटोमोबाइल प्रविधिहरूमा विशेष तालिम प्रदान गर्दछ। टीकेएमले पूर्वाधार, ई-लर्निङ सामग्री र उपकरणहरूमा 15 लाख रुपियाँभन्दा अधिक लगानी गरेको छ। योग्य विद्यार्थीहरूले वार्षिक 51,000 रुपियाँसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। 2006 मा स्थापना भएदेखि टी-टीईपीले 13,000 भन्दा अधिक विद्यार्थीहरूलाई तालिम प्रदान गरिसकेको छ जसमध्ये 70% भन्दा अधिक विद्यार्थीहरू अटोमोबाइल क्षेत्रमा रोजगार पाउन सफल बनेका छन्।
यो कार्यक्रम 10 अन्य राज्यहरू अनि अण्डमान र निकोबर द्वीप समूहसम्म विस्तार गरिनेछ जसले ग्रामीण क्षेत्रमा कौशल विकासलाई प्रोत्साहन गर्ने साथै भारतको स्किल इण्डिया र मेक इन इण्डिया अभियानलाई समर्थन गर्ने टीकेएमको प्रतिबद्धतालाई अझ दह्रो बनाउनेछ।