टोयोटा किर्लोस्कर मोटरद्वारा ‘अर्थ डे’ (पृथ्वी दिवस) को अवसरमा वातावरणीय दिगोपनप्रति पुनः प्रतिबद्धता व्यक्त

यस ‘अर्थ डे’ (पृथ्वी दिवस) मा, जब विश्व ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ भन्ने नारामुनि एकताबद्ध भइरहेको समयमा वातावरणको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो भन्ने कुरा हामीलाई स्मरण गराइन्छ। टोयोटा किर्लोस्कर मोटर (टीकेएम) मायो प्रतिबद्धता हाम्रा आधारभूत मूल्यहरूमा गहिरो रूपमा रहिआएको छ- जसले हामीलाई केवल नवप्रवर्तन गर्न र वैकल्पिक इन्धनमा आधारित पावरट्रेनहरू सहितका विविध विद्युतीकृत सवारी प्रविधिहरू (एक्सईभीएस*) प्रस्तुत गर्न प्रेरित मात्र नगरेर, वातावरणीय रूपमा सुदृढ विश्वको खोजीमा नवीकरणीय ऊर्जा अपनाउनेजस्ता साझा दिगो पहलहरूमा पनि नेतृत्व दिन प्रेरित गर्छ। वैश्विक टोयोटाद्वारा २०१५ मा घोषणा गरिएको “पर्यावरणीय चुनौती २०५०” (चुनौती १ देखि ६) सँग मिलेरहामी टीकेएम-मा कार्बन तटस्थता तर्फको हाम्रो रूपान्तरणलाई तीव्र बनाउँदैछौं। यसका लागि हामी केवल उत्पादनहरूमा मात्र सीमित नरहेरनिर्माण प्रक्रियादेखि लिएर हाम्रो सम्पूर्ण मूल्य श्रृंखलामा टिकाउ अभ्यासहरूलाई समावेश गर्दै अघि बढिरहेका छौं।

Ø  चुनौती १ – नयाँ सवारी साधनबाट शून्य कार्बन उत्सर्जनको चुनौती (हरित यातायात)

Ø  चुनौती २ – जीवन चक्रभर शून्य कार्बन उत्सर्जनको चुनौती (हरित आपूर्ति श्रृंखला, वातावरणमैत्री वितरक संस्थार हरित ढुवानी प्रणाली)

Ø  चुनौती ३ – उद्योग (प्लान्ट) बाट शून्य कार्बन उत्सर्जनको चुनौती (नवीकरणीय ऊर्जा आपूर्ति, ऊर्जा खपतमा कमी र रूपान्तरण)

Ø  चुनौती ४ – पानीको उपयोगलाई कम गर्नु र अनुकूलित गर्नु (४ आर – घटाउनु, पुनः प्रयोग गर्नु, पुनः चक्रण गर्नु र पुनः चार्ज गर्नु)

Ø  चुनौती ५ – पुनः चक्रणमा आधारित समाज र प्रणाली स्थापना (स्रोत अनुकूलन, फोहोरबाट मूल्य सिर्जना व्यवस्थापन र जीवनावधि समाप्त सवारी व्यवस्थापन)

Ø  चुनौती ६ – प्रकृतिसँगको समन्वयमा भविष्यको समाज स्थापना (टोयोटा ग्रीन वेभ र टुडे फर टुमारो परियोजनाहरू – बिरूवा रोपण अभियानहरू, वातावरणीय शिक्षा केन्द्र-‘इकोजोन’)

उपरोक्त सन्दर्भमा, चुनौती १ देखि ३ हाम्रा विविध स्वच्छ प्रविधिनिर्मित उत्पादनहरू र हरित निर्माण सञ्चालनहरूसँग सम्बन्धित छन्, जसको उद्देश्य कार्बन उत्सर्जनलाई सकेसम्म शून्यको नजिक ल्याउनु हो।सवारीसाधनको जीवनचक्रका प्रत्येक चरणमा (कच्चा पदार्थ/पार्टपूर्जाको उत्पादन, सवारी संयोजन, ढुवानी कार्य, ऊर्जा खपत/संरक्षण, निर्माण प्रक्रियामा नवीकरणीय ऊर्जा अपनाउने आदि) कार्बन उत्सर्जन घटाउने कार्यसँगै, हामी चुनौती ४ देखि ६ अन्तर्गतका प्रयासहरूलाई पनि अगाडि बढाइरहेका छौँ, जसको उद्देश्य पानीको प्रयोग न्यूनतम पार्नु, पुनःचक्रणमा आधारित समाजलाई प्रवर्द्धन गर्नु, र प्रकृतिसँग समन्वयमा भविष्यको समाजलाई प्रोत्साहित गर्नु हो।आजका हाम्रा परिचालनहरू १००प्रतिशत नवीकरणीय ग्रिड विद्युतमा आधारित छन्; हाम्रो ९६ प्रतिशतभन्दा अधिकफोहोरलाई पुनःचक्रण गरिन्छ; र उत्पादनका लागि आवश्यक पानीको ८९.३ प्रतिशत माग वर्षा पानी संकलन र पुनः प्रयोग गरिएको पानीबाट पुरा गरिन्छ -जसले हामीलाई शून्य कार्बन, शून्य तरल निकासर शून्य फोहोर भूमिमा फाल्ने कम्पनी बन्ने दिशातर्फका ठोस कदमहरू दर्शाउँछ। 

टोयोटाको ग्रीन वेभ परियोजनाअन्तर्गत, मियावाकी विधिमार्फत हामीले ३,२८,००० भन्दा बढी रूखहरू रोपिसकेका छौँ, जसले पारिस्थितिक तन्त्र पुनःस्थापना गर्नुका साथै ७९० भन्दा बढी स्थानीय वनस्पति प्रजातिहरू र ४०० भन्दा बढी जनावर प्रजातिहरू हाम्रो परिसरभित्र नै फस्टाउन सहयोग पुर्‍याएको छ। गत वर्ष मात्र, हाम्रो हरित प्रभाव विस्तार गर्न ८,००० भन्दा अधिक बिरुवाहरू हाम्रा परिसर बाहिर रोपिएका थिए। हाम्रो इकोजोन-२५ एकड क्षेत्रफलमा फैलिएको एक जीवन्त अनुभवात्मक शिक्षण स्थलले ४०,००० भन्दा अधिक विद्यार्थीहरू र सरोकारवालाहरूलाई ज्ञान र प्रेरणाले सशक्त बनाएको छ, जसले सकारात्मक व्यवहारगत परिवर्तन ल्याउँदै उनीहरूलाई वातावरणीय संरक्षणकर्ताका रूपमा विकसित हुन उत्प्रेरित गरेको छ।

हामी सन् २०३५ सम्म ‘कार्बन-न्यूट्रल निर्माण सञ्चालन’ हासिल गर्ने हाम्रो महत्त्वाकांक्षी लक्ष्यतर्फ अगाडि बढिरहँदा, ऊर्जा दक्षता, टिकाउ सामग्रीको उपयोग, वातावरणीय नियमहरूको पालना तथा स्वच्छ प्रविधिहरूका प्रयासहरूलाई निरन्तर अगाडि बढाइरहेका छौं- जसले वातावरणमा पार्ने प्रभावलाई न्यून गर्न उल्लेखनीय योगदान पुर्‍याइरहेका छन्। साथै, हामी हाम्रा उत्कृष्ट वातावरणमैत्री अभ्यासहरूलाई हाम्रो मूल्य श्रृंखला-डिलरहरू, आपूर्तिकर्ताहरू, ढुवानी साझेदारहरू साथै समुदायका सदस्यहरूसँग सक्रियरूपमा साझा गर्न जारी राखिरहेका छौं, जसबाट हाम्रो कारखाना परिसर बाहिरसमेत सकारात्मक वातावरणीय प्रभाव विस्तार भइरहेको छ। भारत ऊर्जा आत्मनिर्भरतातर्फको आफ्नो रूपान्तरणलाई तीव्र पार्दै गर्दा, स्वच्छ यातायात समाधानहरू सुनिश्चित गर्न अटोमोटिभ उद्योगको भूमिका झनपहिलाभन्दा महत्वपूर्ण बनेको छ। भविष्यतर्फ दृष्टिगोचर बन्दै, हामी यस्तो परिवर्तनको तरंग सिर्जना गर्ने लक्ष्य लिएका छौं, जहाँ हरेक प्रयासले अर्थ राख्छ, हरेक आवाजले महत्व राख्छर हरेक कार्यले स्वच्छ र स्वस्थ ग्रह निर्माणमा योगदान पुर्‍याउँछ।

By Business Bureau