खुल्ला भारत-नेपाल सीमामा कठोर निगरानीको व्यवस्था गरिएको छ। यसैबीच खोरीबारी पुलिसले अवैध रूपमा नेपाल प्रवेश गरिरहेको आशङ्कामा एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम लेण्डुप दिछेन हो। पक्राउ परेका व्यक्तिलाई शुक्रवार दिउँसो सिलगढ़ी महकुमा न्यायालय प्रस्तुत गरियो। भारत-नेपाल सीमाको खोरीबारी डङ्गुजोत क्षेत्रमा सीमामा गस्ती गर्ने क्रममा बिहीवार साँझ एसएसबीका जवानहरूले आरोपी तिब्बती नागरिकलाई पक्राउ गरेका हुन्। एसएसबी सूत्रअनुसार तिब्बती नागरिक भारतबाट अवैध रूपमा मेची नदी पार गरेर नेपाल प्रवेश गर्न खोजिरहेका थिए। तिनीसित भारतीय आधार कार्ड र प्यान कार्ड छ। तर तिब्बती नागरिकसित नेपाल प्रवेश गर्न आवश्यक अनुमति थिएन। तिनको स्पष्टीकरणमा विसङ्गतिहरू पनि पाइयो। एसएसबीले तिनलाई पक्राउ गर्योय र सोधपुछका लागि भाटगाउँ क्याम्पमा लगियो। सोधपुछको क्रममा लेण्डुप दिछेन 2000 देखि भारतको उत्तराखण्डको मुण्डगोड़ क्षेत्रमा रहेको बौद्ध क्षेत्रमा बस्दै आइरहेका एसएसबीले थाहा पायो। तिब्बतीहरूलाई खुल्ला भारत-नेपाल सीमाबाट नेपाल प्रवेश गर्न विशेष निकास अनुमति चाहिन्छ। तर आरोपीसित उक्त अनुमति नहुँदा तिनी पक्राउ परे। बिहीवार अबेर राति एसएसबीले आरोपी तिब्बती नागरिकलाई खोरीबारी पुलिसलाई सुम्पेको हो। तिनले किन अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका थिए भन्ने विषयमा खोरीबारी पुलिसले जाँच आरम्भ गरेको छ। खोरीबारी पुलिसले आज दिउँसो आरोपीलाई सिलगढ़ी महकुमामा न्यायालयमा प्रस्तुत गरेको छ।
नेपाल-भारत सीमाबाट तिब्बती नागरिक पक्राउ
