फ्युचर जेनेराली इन्डिया इन्स्योरेन्सले सिक्किमका २१ वटा गाउँलाई बीमा जागरूकता अभियानमार्फत समेट्छ

भारतको अग्रणी निजी सामान्य बीमा कम्पनीमध्ये एक, फ्यूचर जेनराली इन्डिया इन्श्योरेन्स कम्पनी लिमिटेड (“एफजीआईआई”) ले स्वास्थ्य अनि मोटर वाहनसहित विभिन्न प्रकारका बीमाहरूको महत्व र लाभहरूको बारेमा सम्भावनाहरूबारे जागरूक गर्नका लागि सिक्किममा एउटा जागरूकता अभियानको आयोजन गर्यो। ७ दिने लामो भ्यान अभियान अगस्त २३ मा सुरु भएको थियो र यसमा सिक्किमका लगभग २१ वटा गाउँलाई समेटिएको थियो। एफजीआईआईलाई भारतको बीमा नियामक र विकास प्राधिकरण (आईआरडीएआई) द्वारा राज्यमा बीमाको पहुँच बढाउन सिक्किममा प्रमुख बीमाकर्ताको रूपमा नियुक्त गरिएको छ। अभियानको एक भागको रूपमा, एफजीआईआईले स्थानीय बासिन्दाहरूलाई संलग्न गराउन प्रदर्शन कला, प्रश्न र उत्तर सत्रहरू र भाग्यशाली ड्र लगायत आकर्षक गतिविधिहरूको एक श्रृंखला आयोजित गर्यो।

भ्यान अभियानको प्राथमिक लक्ष्य सिक्किममा बीमाको महत्त्व र फाइदाहरूको बारेमा शिक्षित र जागरूकता जगाउनु थियो। यसको‌ सम्भावित उद्देश्य ग्राहकहरूलाई विभिन्न बीमा विकल्पहरू‌ कसरी प्राप्त गर्ने र त्यसबाट लाभ उठाउने बारेमा  मार्गदर्शन गर्नु‌ रहेको छ जसद्वारा उनीहरूले आफ्नो बीमा आवश्यकताहरू बारेमा सूचित निर्णयहरू सुनिश्चित गर्छन्। यस पहलको बारेमा टिप्पणी गर्दै,फ्यूचर जेनेराली इन्डिया इन्स्योरेन्सकी मुख्य विपणन, ग्राहक एवं प्रभाव अधिकारी रुचिका मल्हान वर्माले भनिन्, “हाम्रो अभियानको उद्देश्य स्वास्थ्य र मोटर लगायत विभिन्न प्रकारका बीमाहरूबारे चेतना जगाउने हो र अप्रत्याशित खर्चहरू व्यवस्थापन गर्न तथा आपतकालिन समयमा वित्तीय सुरक्षा सुनिश्चित गर्न यी उत्पादनहरूले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि जोड दिनु हो। एक कम्पनीको रूपमा, ग्राहकहरूलाई उनीहरूको बीमा आवश्यकताहरू बारे सूचित निर्णयहरू गर्न आवश्यक ज्ञान प्रदान गर्दै हामी हाम्रा ग्राहकहरूका लागि आजीवन साझेदार बन्न प्रतिबद्ध छौं।”

सिक्किममा भ्यान अभियानले भारतभरि बीमाको पहुँच बढाउने एफजीआईआईको फराकिलो रणनीतिसँग मेल खान्छ। एफजीआईआई बीमाको बारेमा जागरूकता उत्पन्न गर्नमा सबैभन्दा अग्रणी रहेको छ र यस उद्देश्यलाई हासिल गर्नका‌ निम्ति यसले देशभरि मैं धेरै कार्यक्रम र पहल शुरू गरेको छ।