गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत कृष्णनगर कोलोनीस्थित पग्ला बस्तीबाट झाड़ुको बिट्टामा लुकाएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेको आरोपमा तीन महिलाहरूलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत पर्ने भोरेर आलो थाना पुलिसद्वारा पक्राउ गरिएको हो। पक्राउ परेका महिलाहरूमा कूचबिहारको माथाभाङ्गाकी भारती हल्दार र तिनकी छोरी कनिका हल्दार साथै दक्षिण दिनाजपुरकी तिनीहरूकै आफन्त छाइना दास छन्।

पुलिस सूत्रअनुसार सोमवार राति झाड़ु बोकेको एउटा ई-रिक्सा पग्ला बस्ती क्षेत्रको एउटा घरमा पुगेको थियो। स्थानीय वासिन्दाहरूले शङ्का लागेर त्यसबारे पुलिसलाई सूचना दिए। त्यसपछि गरिएको छापामा पुलिसले झाड़ुको बिट्टाभित्र लुकाइएको 35 केजी गाँजा फेला पारेको हो।

प्रारम्भिक सोधपुछमा उक्त गाँजा कूचबिहारबाट झाड़ु बिट्टामा लुकाएर ल्याइएको अनि त्यसलाई विभिन्न स्थानहरूमा वितरण गर्ने योजना रहेको थाहा लागेको छ। तस्करीसित संलग्न अन्य व्यक्तिहरूको पहिचान र गाँजा पुऱ्याइने स्थानहरूको पत्तो लगाउन पुलिसले जाँच जारी राखेको छ। पक्राउ गरिएका महिलाहरूलाई मङ्गलवार जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरियो।

By Piyali Poddar