पहाड़मा तीन दिनव्यापी हिमालयन कार्निभल

अहिलेसम्म प्रयास दार्जीलिङबाहिर रहेका पर्यटन केन्द्रहरूसित पर्यटकहरूलाई परिचित गराउनमै केन्द्रित थियो। यसपालि देशका पर्यटन व्यवसायीहरूलाई उत्तर बङ्गालका ग्रामीण होमस्टे तथा अफबिट पर्यटन केन्द्रहरूसित परिचित गराउन 30 जनवरीदेखि उत्तर बङ्गालमा छैटौँ बेङ्गल हिमालयन कार्निभल आऱम्भ हुँदैछ। उक्त दिन कार्निभल मूर्ति–चाल्सामा आरम्भ हुनेछ। 31 जनवरीमा कालेबुङको लोलेगाउँ–कफेर गाउँमा कार्निभल आयोजना गरिनेछ। 1 फरवरीमा उत्तर बङ्गालको लोकप्रिय होमस्टे टुरिज्म गन्तव्यका रूपमा उदीयमान भइरहेको सिटोङमा कार्निभलको समापन हुनेछ।
320 भन्दा अधिक प्रशिक्षित गाइडहरूले पर्यटकहरूलाई सहयोग गर्नेछन्। एडभेञ्चर टुर अपरेटरस् अफ इण्डियाका सदस्यहरू पनि कार्निभलमा सहभागी हुनेछन्। राज्य सरकारको पर्यटन विभाग, जीटीए, हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्कसितै नेपालबाट पनि एक प्रतिनिधि मण्डल सहभागी हुनेछ। होमस्टे टुरिज्मका लागि सिटोङ चर्चित भए पनि पहाड़को संस्कृतिको स्वाद सर्वत्र पाइँदैन। कार्निभलले त्यसै अनुभूति प्रदान गर्नेछ।
डुवर्स क्षेत्रमा म्याराथन, साइक्लाथनलगायत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। कालेबुङको लोलेगाउँ–कफेर गाउँमा अफबिट हाइकिङ हुनेछ। तर सिटोङमा अझ धेरै आकर्षणहरू रहेका छन् जस्तै बर्ड–वाचिङ, रक क्लाइम्बिङ र क्याम्पिङ। युनाइटेड सिटोङ होमस्टे वेलफेयर सोसाइटीका अध्यक्ष विक्रम राईले भने, सिटोङ ग्रामीण पर्यटनको एक अद्वितीय उदाहरण हो। तर सुन्तला मात्रै पर्यटक आकर्षणको एकमात्र केन्द्र होइन। यहाँ ससाना चियाबारीहरू पनि विकसित भएका छन्। पहाड़का ग्रामीण क्षेत्रको आफ्नै उपचार प्रणाली प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पनि रहनेछ। त्यससितै लाटपञ्चरमा बर्ड वाचिङ गर्ने मौका पनि पाइनेछ।

By Piyali Poddar