पुलिसले चाहे के गर्न सक्दैन भन्ने कुराको फेरि एकपल्ट प्रमाण दिएको छ सिलगढ़ी मेट्रोपोलिटन पुलिसले। उजुरी दर्ता भएको केवल छ दिनभित्रै लगभग 6 लाख रुपियाँ बराबरको चोरी भएको सुन र चाँदीका गहना उद्धार गर्दै प्रधाननगर थानाअन्तर्गतको एण्टी क्राइम ब्राञ्चले ठूलो सफलता प्राप्त गरेको छ। यस घटनामा चोरसँगै चोरीका गहना किन्ने आरोपमा एक जना सुन व्यवसायीलाई पनि पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार गत 13 तारिख सिलगढ़ीको 46 नम्बर वार्डअन्तर्गत प्रफुल्लनगर क्षेत्रका वासिन्दा चन्दु कुमार मण्डलले प्रधाननगर थानामा लिखित उजुरी दर्ता गराएका थिए।
उजुरीमा तिनले 28 तारिख राति आफ्नै घरबाट लगभग 6 लाख रुपियाँ बराबरको सुन र चाँदीका गहना चोरी भएको जानकारी दिएका थिए। उजुरी प्राप्त हुन साथ यस विषयलाई गम्भीरतापूर्वक लिँदै प्रधाननगर थानाको एण्टी क्राइम ब्राञ्चले जाँच आरम्भ गरेको थियो।जाँचको क्रममा पुलिसले सबैभन्दा पहिले घटनास्थल र वरिपरिका क्षेत्रका सीसीटीभी फूटेज जाँच गर्योो। साथै प्राविधिक जानकारी र गोप्य सूचनाको प्रयोग गरी चोर समूहको गतिविधिबारे महत्त्वपूर्ण जानकारी प्राप्त गरियो।
जाँचमा चोरी भएका गहनाहरू सिलगढ़ी शहरबाहिर बिहारतर्फ तस्करी गरिएको पत्तो लाग्यो। त्यसपछि पुलिसको एक विशेष टोलीले सयौँ किलोमिटर टाढ़ो बिहारको मुजफ्फरपुरमा छापा मारेको थियो। त्यहाँबाट चोरीको सुन र चाँदीका गहना फेला पारियो। साथै चोरीको गहना किनेको आरोपमा एकजना सुन व्यवसायीलाई पनि पक्राउ गरियो। पक्राउ परेका सुन व्यवसायीको नाम अशोक कुमार शाह हो अनि तिनी मुजफ्फरपुर जिल्लाका वासिन्दा रहेको पुलिस सूत्रले जनाएको छ।पुलिस सूत्रअनुसार प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका सुन व्यवसायीले जानीजानी चोरीका गहना किनेको स्वीकार गरेका छन्। यस घटनामा अन्य कोही संलग्न छन् कि छैनन् भन्ने विषयमा थप जाँच भइरहेको छ। आवश्यक परे पक्राउ परेकाहरूलाई पुलिस रिमाण्डमा लिएर थप सोधपुछ गरिने बताइएको छ।
