कुचबिहारमा ताला नतोडेर मन्दिरमा चोरी

कूचबिहार (न्यूज एशिया) दिनहाटा सहरको वडा नम्बर ९ को गोपालनगर क्षेत्रमा रहेको एउटा मन्दिरमा डरलाग्दो चोरी भएको छ ।
मन्दिरको ताला नतोडेर मुर्तिले लगाएका सुनचाँदीका गरगहना बाहिरबाट बाँसको सहायताले लुटेर लुटेराले लगेका छन् । शुक्रबार बिहान खबर पाएलगत्तै दिनहाटा प्रहरी चौकी घटनास्थल पुगेको थियो ।
राति बदमाशले बाँसको सहायताले मन्दिरको ताला तोडेर मूर्तिमा लगाएको सुन चाँदी चोरेको एक व्यक्ति अनुप साहले बताए ।जसको अनुमानित मूल्य लाखौं रुपैयाँ रहेको गहना चोरी भएको छ । मैले सबै घटना प्रहरीलाई सुनाएँ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।