विश्व ब्यांकले राज्यलाई एक हजार करोड़ दिने

विश्व ब्यांकले पश्चिम बंगाललाई एकीकृत सामाजिक सुरक्षा योजनाहरूको निम्ति १२ करोड़ ५० लाख डलर (प्राय: एक हजार करोड़ रुपियाँ) आर्थिक सहयोग गर्ने निर्णय लिएको छ। राज्य सरकारलाई एउटा पत्र पठाएर विश्व ब्यांकले आफ्नो निर्णयबारे जनाएको छ । विश्व ब्यांकको यो सहयोग राज्य सरकारका कन्याश्री, ऐक्यश्री, स्वास्थ्य साथी जस्ता सामाजिक सुरक्षा योजनाहरूलाई अन्तरराष्ट्रिय स्वीकृति प्राप्त भए सरह रहेको विशेषज्ञहरूको भनाई छ सन् २०११ मा पहिलोपल्ट राज्यमा तृणमूल कंग्रेस नेतृत्वाधीन सरकार सत्तामा आउनसाथै महिलाहरूलाई शक्तिशाली अनि सामाजिक सुरक्षाहरू सुनिश्चित गर्न एकपछि अर्को योजना शुरू गरियो ।

सरकारले दावी गरेअनुसार विधवा भत्ता, विकलांग भत्ता, कन्याश्री, रूपश्री, ऐक्यश्री, स्वास्थ्य साथी, लक्ष्मीको भण्डार महिलाहरूलाई शक्तिशाली बनाउने मार्गमा सहायक योजनाहरू हुन् यसले एकातिर महिलाहरूको आय निश्चित गर्न सम्भव हुनेछ भने अर्कोतिर महिलाहरूको शिक्षा र स्वास्थ्यमा विकास, बालविवाह रोक्न अनि सामग्रिक अर्थनीति सचल राख्ने मार्गमा सहायक भूमिका पालन गर्छ।

राज्यमा लगातार तेस्रोचोटि चुनाउ जितेर तृणमूल कंग्रेसको सरकार गठन गर्नसाथै मुख्यमन्त्री ममता ब्यानर्जीले सामाजिक सुरक्षा योजनाको निम्ति आवण्टित कोष अझ बढ़ाउने स्पष्ट संकेत दिइकी थिइन् । अनावश्यक खर्च नगर्ने, अन्य योजनाहरू अनुशासित प्रकारले लागू गरेर कोष बचाउने अनि त्यो कोष विभिन्न सामाजिक योजनाहरूको निम्ति खर्च गर्ने कुरा पनि ममता ब्यानर्जीले|

Leave a Reply

Your email address will not be published. Required fields are marked *